हिमालय एयरलाइन्सको काठमाडौं–कुवेत उडान सुरु

हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सिधा उडान सुरु गरेको छ ।कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौं गन्तव्यका रुपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ । छैठौं गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले १५ जुलाईमा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार […]

सम्बन्धित सामग्री

भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका हिमालय एयरलाइन्स र जजिरा एयरवेजले उडान रोकेका छन्। अन्तर्राष्ट्रियतर्फका उडान ठप्प भएपछि हाल भैरहवाबाट आन्तरिकतर्फका हवाई कम्पनीले मात्रै उडान गर्दै आएका छन्। गत जेठ २ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थलमा सुरुदेखि कुवेतको जजिरा एयरवेज र गत कात्तिक १७ गतेदेखि चार्टर उडान सुरु गरेको हिमालयले हाल उडान रोकेका हुन्। यात्रु अभाव, श्रम अनुमति र मौसम खराबीका कारण देखाउँदै दुवै हवाई कम्पनीले पुस लागेसँगै उडान रोकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक गोविन्द दाहालले बताउनुभयो। उहाँले भन्नुभयो, “विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरवेजले कुवेतमा गर्दै आएको साताको तीन उडान र मलेसिया चार्टर उडान गर्दै आएको हिमालय एयरलाइन्सले यात्रु अभाव देखाउँदै उडान रोकेका छन्। आउँदो माघदेखि पुनः उडान सुरु गर्ने आशा गरेका छौँ।”

भैरहवाबाट हिमालयले थाल्यो चार्टड उडान

निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको छ । कम्पनीले हाललाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दैनिक व्यावसायिक चार्टड उडान थालेको हो । बिहीबार मलेसियाको क्वालालम्पुरबाट भैरहवा अवतरण भएको हिमालयको पी–३२० जहाज बिहीबारै पुनः क्वालालम्पुर फर्किएको हो । आज १३५ जना यात्रु बोकेर हिमालयको जहाज गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उडेको हो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दैनिक चार्टड उडानलाई परीक्षणको रुपमा लिइएको र यो सफल भएपछि दैनिक तालिका बनाएरै उडान गर्ने बताएका छन् । ग्राउन्ड ह्यान्डन्लिङ दिने भए भैरहवाबाट उडान गर्ने बताउँदै आएको हिमालय एयरलाइन्सले चार्टड उडान सुरु गर्नुलाई अर्थपूर्ण मानिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पनि भैरहवा एयरपोर्टको ग्राउन्ड ह्यान्डलिङ निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनीलाई दिन सकिने संकेत गरिसकेका छन् । स्रोतले पनि हिमालय एयरलाइन्सले भैरहवा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाउने र सोही सर्तमा उसले उडान थालेको बताएको छ ।

‘हिमालय एयरलाइन्स र निगम मिलेर संसार जित्न चाहन्छौं’

नेपाली हवाई उड्डयन क्षेत्रको एक उदीयमान अन्तर्राष्ट्रिय उडान कम्पनी हो ‘हिमालय एयरलाइन्स’ । चिनियाँ, तिब्बत सिभिल एभिएसन डेभलपमेण्टको ज्वाइन्ट भेन्चरको रुपमा सञ्चालित हिमालय एयरलाइन्सले आफ्नो स्थापना कालको करिब ७ वर्ष पुरा गरिसकेको छ । सन् २०१४ अगष्ट १९ मा स्थापित कम्पनीले स्थापनाकालको दुई वर्षपछि अर्थात् सन् २०१६ मे ३१ बाट आफ्नो व्यवसायिक उडान सुरु गरेको थियो । यसले हाल ९ देशका दर्जन बढी सहरमा आफ्नो नियमित उडान विस्तार गर्न सफल भइसकेको छ ।बंगलादेशको ढाका, चीनको बेजिङ्ग, चाङ्सा, चोङ्

हिमालय एयरलाइन्सले भन्यो : महङ्गो भाडा लिएका छैनौं

हिमालय एयरलाइन्सले आफुहरुले यात्रुबाट महङ्गो भाडा नलिएको स्पष्टोक्ति दिएको छ । नेपाल–चीन संयुक्त उद्यम एयरलाइन्स (हिमालय एयरलाइन्स) ले हालैमात्र हवाई उडान सुरु गरेको साउदी अरबको दमाममा यात्रुहरूसँग चर्को भाडा असुली गरेको र होटल क्वारेन्टिनको समेत महङ्गो शुल्क लिएको भन्दै सर्वत्र विरोध आइरहेका बेला एयरलाइन्सले यस्तो बताएको हो । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले सो सम्बन्धमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ । ‘हालको अवस्थामा, विभिन्न समाचार तथा सामाजिक सञ्ज

हिमालय एयरलाइन्सद्वारा काठमाडौं-दमाम सिधा उडान सुरु

हिमालय एयरलाइन्सले काठमाडौं र साउदी अरेबियाको दमाम शहरबीच सिधा उडान सुरु गरेको छ। सुरु भएको उडानले दुई देशबीचको सम्बन्ध विस्तार हुनुका साथै आवतजावतमा यात्रुहरुलाई सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ। नेपाल तथा साउदी अरेबियाबीच सिधा उडान गर्ने हिमालय एयरलाइन्स नेपालको पहिलो वायुसेवा कम्पनीे हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमामको लागि पहिलो उडान एच ९ ५५९ को…