काठमाडौं, भदौ २३ । सरकारले राष्ट्रिय जनगणना २०७८ कालापनी लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने बताएको छ । यो क्षेत्र नेपालको राजनीतिक नक्शामा समेटिएको तर भोगचलनको स्वामित्व आएको छैन । ती क्षेत्रमा आफू एक्लैले जनगणना गर्न असम्भव भएकाले तीनै तहका सरकारसँग समन्वय गरेर भौतिक रुपमा नभए वैकल्पिक विधिबाट जनगणना गर्ने केन्द्रीय तथ्याकं विभागले जनाएको छ । […]