पाटनमा पशु बिरामी पर्न थालेपछि चिकित्सक परिचालन

सुर्खेत : चरिचरनका लागि पाटन क्षेत्रमा रहेका पशुचौपाया बिरामी हुन थालेपछि जाजरकोट बारेकोट गाउँपालिकाले चिकित्सक परिचालन गरेको छ।बारेकोट गाउँपालिकाका स्थानीयबासीका पशु चौपाया बिरामी भएको खबर पाएलगत्तै गाउँपालिकाले पशु शाखाका प्रमुख गोविन्दबहादुर सिंहको नेतृत्वमा चिकित्सक परिचालन गरेको हो।गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले वडा नम्बर ४ मा रहेका विभिन्न पाटनमा पशुचौपाया बिरामी भएपछि पशु चिकित्सक परिचालन गरेको जानकारी दिए। वर्षायाममा स्थानीय घाँस हुर्काएर हिउँदमा प्रयोग गर्नुपर्ने भन्दै वर्षा

सम्बन्धित सामग्री

‘पशु बिरामी भएमा तत्काल खबर गर्नुहोस्’

पछिल्लो समय पशुमा देखिएको सङ्क्रमक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिकले सक्रियता देखाएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको हो । आफ्नो पालिकाभित्रका पशुमा रोग देखिएमा तत्काल उपचार गराउने, किसानलाई क्षति हुनबाट बचाउने काममा लाग्न उहाँले निर्देशनसमेत […]

कपिलवस्तुमा गिद्धको संरक्षण गर्न समुदायलाई प्रशिक्षण

कपिलवस्तु । कपिलवस्तुमा गिद्धको संरक्षणका लागि समुदायलाई प्रशिक्षण गरिएको छ । मानवीय त्रुटिको कारणले हुने गिद्धको मृत्युबाट जोगाउन बाणगंगाको राजापानी सामुदायिक वन क्षेत्र आसपासका स्थानीय अगुवा, कृषक, युवा क्लब, पशु चिकित्सक तथा प्राविधिक, सामुदायिक वनका प्रतिनिधि र जनप्रतिनिधिसहितलाई प्रशिक्षण गरिएको हाे । जनावरहरु बिरामी भएको अवस्थामा पशु चिकित्सक वा प्राविधिकहरुले बिरामी जनावरहरुलाई उपचार गर्ने क्रममा […]

कैलालीका बङ्गुरमा देखियो ‘क्लासिकल स्वाइन फिभर’

कैलालीको कैलारी गाउँपालिकामा बङ्गुरमा क्लासिकल स्वाइन फिभरको प्रकोप देखापरेको छ । बङ्गुरमा ज्वरो आउने, चारो नखाने, छेर्ने, बान्ता गर्ने, कमजोर हुने र बिरामी भएको सातादेखि १० दिनमा मर्ने गरेको पाइएको हो ।वडा नम्बर १ रानामुडास्थित सम्झना पशुपति तथा तरकारी फर्ममा पालिएको बङ्गुरको नमुना परीक्षण गर्दा क्लासिकल स्वाइन फिभर पुष्टि भएको कैलारी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका पशु सेवा शाखाका पशु चिकित्सक सूर्यप्रसाद चौधरीले सो बङ्गुरको नमुना परीक्षणका लागि काठमाडौँको खोरेत तथा सीमाविहीन पशु रोग अन्व

उद्धार गरिएको चितुवाको उपचार हुँदै

बागलुङ, १० फागुन: बागलुङ नगरपालिका–३ पाखाथरबाट बिरामी अवस्थामा शनिबार उद्धार गरिएको चितुवालाई औषधोपचारसहित हेरचाहमा राखिएको छ । अन्दाजी डेढ वर्षको उक्त चितुवा सिकिस्त भई डिभिजन वन कार्यालयको खोरमा लडिरहेको छ । सहायक वन अधिकृत मदन कँडेलले चितुवाको स्वास्थ्य स्थिति सुरुको तुलनामा सुधार हुँदै गएको बताए । पशु चिकित्सक प्रियङ्का भण्डारीसहितको प्राविधिक टोलीले सोमबार चितुवाको प्राथमिक […]

कास्कीका दुई पालिकामा पशुमा खोरेत रोगको प्रकोप

जिल्लाको पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा पशुमा लाग्ने सरुवा खोरेत रोगको प्रकोप देखिएको छ । गत पुस अन्तिम साता पोखरा–८ को एक पशु फार्ममा पहिलोपटक रोग देखिएकामा अहिले फैलिँदै गएर दुई पालिकाका १७ पशु तथा कृषि फार्ममा पालिएका ९४ पशु सङ्क्रमित बन्न पुगेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ । पोखरामा–१५ र माछापुच्छ्रेको वडा नं ३ र ४ मा एक/एक फार्ममा रोग पुष्टि भएको छ । रोगका कारण अहिलेसम्म दुई पशु चौपाया मरेको बताइन्छ । सरुवा रोग खोरेत देखिएपछि पशु बिरामी हुने र उत्पादन घट्दै गएपछि कृषक चिन्तित बनेका छन् । खोरेत महामारीको सम्भावित जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले संयुक्तरूपमा रोकथाम र नियन्त्रणका लागि खोरेतविरुद्ध भ्याक्सिन लगाउने र जैविक सुरक्षाका कार्यहरु अघि बढाएको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा शोभा शर्माले बताउनुभयो ।