मिठाईको पर्व तिहार : कोसेलीदेखि भान्सासम्मै हुन्छ खपत

चाडपर्वले उत्सवसँगै खुशी पनि लिएर आउँछ । रमाइलो पारिवारिक जमघट, इष्टमित्रसँग सम्बन्ध रिचार्ज गर्ने अवसर पनि सँगै लिएर आउने चाडपर्वमा खानपिन विशेष बनिहाल्ने भइहाल्यो । अझ पर्व विशेष खानपिनको संस्कारले बजारलाई थप उचाइ दिन्छ । नेपालका पर्वहरू पनि खानपान विशेष हुँदै गएका छन् । दशैंमा माछामासुलाई विशेष मानिएसँगै त्यसपछि आउने अर्काे पर्व तिहारले मिठाई, रोटी र भाइमसलाको पहिचान बनाएको हुन्छ । तिहारमा खासगरी सेलरोटी र मिठाईका परिकार अधिक बन्ने र उपभोग गर्ने संस्कार बसिसकेको छ । थरीथरीका परिकार र मिठाईले तिहारलाई गुलियो पर्वका रूपमा पनि चिनाउन थालेको छ । यसैमा मिठाईका परिकार बनाउने पसललाई भ्याइनभ्याई हुन्छ । दूधदेखि चिनीको खपतसमेत बढ्छ भने पनिर, बेसनबाट विभिन्न मिठाई बनाइन्छन् । यसले उपभोक्ता–बजारलाई जोडेर राख्छ । काष्ठमण्डप खाद्य भण्डारका सञ्चालक अनिल राजकर्णिकार ३ पुस्तादेखि लाखमरी र अन्य मिठाई विक्री गर्दै आएको बताउँछन् । लाखमरी पकाउँदै गरेका उनी भन्छन्, ‘अहिले लक्ष्मीपूजाको दिन कर्पोरेट हाउसहरूले लाखमरीजस्ता मिठाई उपहारस्वरूप दिने, डिपार्टमेन्टल स्टोरबाट पनि माग आउने हुँदा तिहारको समय झनै विक्री बढ्छ ।’ पारिवारिक व्यवसायलाई निरन्तरता दिँदै आएका उनी गुणस्तर र कच्चापदार्थ पनि सही प्रयोग गर्नुपर्ने सुझाउँछन् । पुस्तौं पुरानो पसल भए पनि विगत १० वर्षदेखि ब्रान्ड अघि बढाएर लाखमरीको व्यापार गर्दै आएका उनको पसलमा यसका विभिन्न परिकार, अनरसा, इन्डियन स्वीट्स र अन्य मिठाईका परिकार पाइन्छन् । पहिलाभन्दा अहिले प्रतिस्पर्धा बढेको उनको अनुभव छ । पहिला खुला रूपमा बिक्री हुने भए पनि अहिले प्याकेजिङ, स्वच्छताका विषयलाई ध्यान दिने प्रचलन बढ्दो रहेको उनी बताउँछन् । उपभोक्ताले विशेषगरी मिठाईमा प्रयोग भएका कच्चापदार्थ, घिउको प्रयोग, गुणस्तरीय भए÷नभएको, प्याकेजिङका साथै म्याद गु्रजिएको हो÷होइन भन्ने विषयमा ध्यान दिनुपर्ने सुझाव उनको छ । अन्य दिनमा भन्दा तिहार आसपास यस्ता मिठाई परिकार बढी विक्री हुने उनले सुनाए । यस्तै, मिठाई पसल कर्नर पाकका सञ्चालक मास्के तिहारका बेला अन्य समयभन्दा बढी विक्री हुने बताउँछन् । ४ पुस्तादेखि गुँदपाकको व्यवसाय गर्दै आएको बताउने मास्केले भने, ‘मिठाईको बजार नै दशैं–तिहार हो । बजार त्यस्तै भएपछि यो बेला खपत माग बढी हुने गर्छ ।’ कोसेलीका रूपमा पनि गुँदपाक, पुष्टकारीजस्ता पुराना मिठाई सहरबाट गाउँगाउँसम्मै पुग्छन् । यसले काठमाडौंका पुराना तथा नयाँ मिठाई पसलको बजार तिहारमा विशेष चम्कन्छ । कन्यालाल र द्रव्यलाल मास्केको चौथो पुस्ताका मञ्जितलाल मास्केले पारिवारिक व्यवसायको रूपमा गुँदपाक, पुष्टकारी विक्री गर्दै आएको बताउँछन् । चिनी र खुवाको मिश्रणबाट बन्ने गुँदपाक अहिले प्रतिकेजी ६५० रुपैयाँ पर्छ  । चिनी र खुवाका साथै गुँदपाकमा गुँद, खरबुजा तथा किसमिसको मिश्रण पनि गरिएको हुन्छ । गुँदपाक बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । तर, सबै गुणस्तरीय हुन्छन् भन्ने हुँदैन । सस्तो मूल्यमा पाउने गुँदपाक कम गुणस्तरको हुन सक्ने उनी बताउँछन् । सस्तो गुँदपाकमा मैदासमेतको मिश्रण हुने र कम गुणस्तरको खुवा मिसाउने हुँदा गुणस्तरमा बढी ध्यान दिन मास्के सुझाउँछन् । खुवा गुणस्तर हुँदा मूल्य पनि बढी हुने उनको भनाइ छ । नेपाली मिठाईको फरक पहिचान बनाएका गुँदपाक र लाखमरीबाहेक अन्य मिठाईको पनि व्यापार यो बेला बढी हुन्छ । आँगन, सजनगोठजस्ता मिठाई पसलमा तिहारका बेला उपभोक्ताको भीड लागेको हुन्छ । तिहार पर्वमा गुणस्तरहीन, मिसावट भएका मिठाई उपभोक्ता नजानिँदो तरिकाबाट खपत गर्न बाध्य हुन्छन् । तिहारमा सामान्य अवस्थामा भन्दा चार गुणासम्म बढी मिठाईको माग हुने गर्छ । चकलेट बर्फी, पेडा, बेसन, सुजी, मुङ, नरिवल लड्डुका साथै केसरी पेडा, रसवरी, गुलाबजामुन, घेवर, राजभोगजस्ता मिठाईका परिकार बजारमा पाइन्छन् । सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वकै मुखमा अनुगमन गर्छ । कतिपय मिठाई पसलले अखाद्य पदार्थ मिसावट गरेका कारण कारबाहीमा परेका समाचार सुनिँदै आएको छन् । यस्तो बेला उपभोक्ता आफैं पनि सचेत हुन उपयुक्त हुन्छ । तिहारको पर्याय बनेको मिठाई अस्वस्थ, गुणस्तरहीन भए उपभोक्ताको स्वास्थ्यमै समस्या आउन सक्छ । त्यसकारण आफूले किन्दै गरेका मिठाई परिकारमा केकस्ता सामग्रीको मिसावट भएको छ र  देख्दा आकर्षक लाग्दैमा गुणस्तरीय हुँदैन भन्नेमा उपभोक्ताले ध्यान दिनुपर्छ । मिठाई खरीद गर्दा प्याकेजिङ, उत्पादन मिति र उपभोग्य अवधि हेर्न भुल्नु हुँदैन ।

सम्बन्धित सामग्री

छठ पर्व किन मनाइन्छ ?

नेपालीको दोस्रो महान् पर्व तिहार सकिएको छ । यमपञ्चकको पाँचौं दिन भाइटीका लगाएसँगै यो पर्व सकिएको हो । तराई क्षेत्रमा तिहारलाई दीपावली भनी मनाउने चलन छ । नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महŒवपूर्ण पर्व हो छठ । यो पर्वमा षष्ठी भगवतीको पूजा–अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । […]

तिहार सकियो, छठ पर्वको रौनक सुरु

काठमाण्डाै - यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए । यस्तै, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । भाइटीकासँगै झिलिमिली पर्व तिहार सकिएको छ । यसपालिको तिहारमा फलफूल र फूलमालाको आयात बढेको छ । यसपालि साढे चार लाख फूलमाला भारतबाट आयात भयो भने साढे २४ लाखभन्दा धेर...

पालैपालो रोटी पकाउन व्यस्त टीकापुरका महिला

नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार नजिकिएपछि महिला एक साताअघिदेखि नै रोटी पकाउन जुट्ने गर्दछन् । टीकापुरकी प्रगति जैसी र उहाँको साथीले एक साताअघिबाट रोटी पकाउन सुरु गरेका छन् । उहाँहरू पालैपालो सबैका घरमा रोटी पकाइरहेका छन् । “हामी हरेक वर्ष तिहारमा रोटी …

काग तिहार र धन्वन्तरि जयन्तीको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान (भिडियो)

आज (कार्तिक ६ गते) हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चक अन्तर्गतको काग तिहारको दिन हो । आजको दिन कागको पूजा गरी भोजन गराउने प्रचलन छ । कागलाई यमराजको दूत मानिन्छ । भनिन्छ र विश्वास पनि गरिन्छ कि कागले शकुन वा अपशकुनको संकेत गर्ने गर्छ । यस्तै, आजको दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरिको जन्म जयन्ती पनि परेको छ । प्रस्तुत छ, काग तिहार र धन्वन्तरि जयन्तीको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधानका सम्बन्धमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्र

आजबाट तिहार सुरू, काग तिहार पर्व मनाइँदै

काठमाडौं । नेपालीहरूको दोस्रो महान पर्व तिहार आज (आइतबार) बाट सुरू भएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार पर्व मनाइएकाे हाे । कार्तिक कृष्ण त्रयोदशीको दिन शनिबार बेलुका यमदीप दान गरिएसँगै यस वर्षको तिहार सुरू भएको हाे । सायम्कालमा त्रयोदशी भएका दिन यमदीप दान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग […]

रमाइलो पर्व तिहार

तिहार नेपालीहरूको एउटा महत्वपूर्ण तथा दोस्रो ठूलो चाड हो । यसलाई दीपावली तथा यमपञ्चकको नामबाट पनि चिनिन्छ । यो पर्व पाँच दिनसम्म घरघरमा भित्र र बाहिर झिलिमिली बत्ती बाली रमाइलोसँग मनाइन्छ । यो चाड कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागतिहारबाट सुरु भई कार्तिक शुक्लपक्ष द्वितीयाको दिन भाइटीका लगाएर सकिन्छ । पौराणिक कथाअनुसार सूर्यका छोरा यमराजले […]

सेलिब्रेटीले यसरी मनाउदैछन् तिहार

काठमाडौं– नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । अघिल्लो वर्षको भन्दा यसपालि परिस्थिति अलि सहज भएकाले जनमानसमा उत्साह पलाएको छ । आमसर्वसाधारणझँै फिल्म तथा संगीत क्षेत्रका सेलिब्रेटीहरू पनि विशेष तवरले तिहार मनाउने गर्दछन् । यसपालीको तिहार कुन सेलिब्रेटीले कसरी मनाउँदैछन् ? उनीहरूको योजना के छन् ? यसपाली देउसी खेल्न जाने मन छ भुवन […]

सप्तरंगी उत्सव : यस्तो छ तिहारको सात विशेषता

१९ कात्तिक, काठमाडाैं । तिहार धन-ऐश्वर्यकी देवी लक्ष्मीको पूजा-उपासना गर्ने पर्व । दियो-बत्ती र झिलिमिलीको पर्व । सेलरोटीको पर्व । देउसी-भैलोको पर्व । अनेक रंगले पोतिएको छ, यो पर्व । तिहार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीय तिथिसम्म पाँच दिन मनाइन्छ । यसबीचमा कागपूजा, कुकुरपूजा, गाईपूजा, गोरुपूजा, लक्ष्मीपूजा, भाइटीका हुँदै दीपावली र […]

तिहार शुरु भइसक्दा पनि पाला बनाउन भ्याइनभ्याइ (तस्बिरसहित)

भक्तपुर – नेपालीहरुको दोश्रो महान् पर्व तिहार आएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको छ । पालाको माग धेरै हुने तिहार शुरु भइसकेकाले  यहाँ पाला बनाउँदै आएका कुमाले समुदायका सिंगो परिवारलाई यतिखेर पाला बनाउन भ्याइ नभ्याइ भएको छ । भक्तपुरमा आकर्षक माटोको भाडा बनाउने बोलाछेंँ र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचो लगायतका स्थानका प्रजापति समुदायका पुरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला लगायतका अन्य सामाग्री बन...

झिलिमिली बत्ती र फूलैफूलले सजिएको पर्व तिहार

नेपालीहरूको महान् चाड दसैँपछिको ठूलो पर्व तिहार हो, जसलाई हर्ष तथा उल्लासको पर्व पनि भनिन्छ । किनकि उक्त दिन सबैले आफ्नो रिसराग त्यागेर, एकजुट भएर हर्षका साथ पर्व मनाउने गर्छन् । यो पर्व कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि सुरु हुन्छ । तिहार पाँच दिनसम्म मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । […]