भक्तपुर – नेपालीहरुको दोश्रो महान् पर्व तिहार आएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको छ । पालाको माग धेरै हुने तिहार शुरु भइसकेकाले यहाँ पाला बनाउँदै आएका कुमाले समुदायका सिंगो परिवारलाई यतिखेर पाला बनाउन भ्याइ नभ्याइ भएको छ ।
भक्तपुरमा आकर्षक माटोको भाडा बनाउने बोलाछेंँ र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचो लगायतका स्थानका प्रजापति समुदायका पुरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला लगायतका अन्य सामाग्री बन...