राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश राष्ट्रियसभामा

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश–२०७८ पेश गरिएको छ ।शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । तर एमाले सांसदहरुको अवरोधकाबीच गृहमन्त्री बालकृष्ण खाँणले सो अध्यादेश पेश गरेका हुन् । त्यसैगरी बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुँरे र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको […]

सम्बन्धित सामग्री

अध्यादेश खारेज भएपछि पुरानो व्यवस्था जगाउनु पर्दैन ?

काठमाडौँ– सरकारले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्‍यो । अध्यादेश कार्यान्वयनबाट नेकपा (एमाले) फुटेर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बने । जारी भएको ४१ दिनपछि सरकारले संसद चलिरहेकै अवस्थामा यही असोज ११ गते उक्त अध्यादेश खारेज गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले […]

पार्टी २० प्रतिशतले विभाजन गर्न सक्ने कानुनी बाटो जीवितै

काठमाडौँ – सरकारले दल विभाजनका लागि सहज हुने गरी भदौ २ गते जारी गरेको राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दोस्रो संशोधन अध्यादेश सोमबार खारेज गर्यो। ऐनमा भएको दल विभाजन सम्बन्धी व्यवस्थालाई खुकुलो बनाएको अध्यादेश फिर्ता भएसँगै ऐनका मुख्य-मुख्य केही प्रावधान शून्यतामा पुगेका छन्। अध्यादेश फिर्ता भएसँगै साबिकको व्यवस्था जगाउने अर्को अध्यादेश सँगै जारी गर्ने […]

एमालेको विरोधबिच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले)का सांसदको अवरोधबिच राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश भएको छ । विरोधकाबिच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेश गर्न समय दिएका थिए। यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कारवाही सुरु गर्ने वित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए। एमाले…

प्रतिनिधि सभा बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश टेबुल

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधि सभामा टेबुल गरेको छ ।बुधवार प्रतिनिधि सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को नाराबाजीका बीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७८ प्रतिनिधि सभासमक्ष टेबुल गरेका हुन् । प्रतिनिधि सभाको अर्को बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

गण्डकीका ४२ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी (नामसहित)

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) अनुसार एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २१ दिनको समय दिएको थियो ।

दल विभाजन अध्यादेशविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश बदर गर्न परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका अनुसार सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न भन्दै ६ वटा रिट दर्ता भएका छन् । सोही रिट निवेदनमाथि आज सर्वोच्चले सुनुवाई गर्न लागेको हो ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा के छ? राजपत्र हेर्नुस्

राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेश राजपत्रमा प्रकाशित भएको छ। राजपत्रमा प्रकाशित भएको अध्यादेशको व्यहोरा सञ्चार मन्त्रालय अन्तर्गतको मुद्रण विभागको वेबसाइटमा राखिएको छ।

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

सरकारले सिफारिश गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा …

दल सम्बन्धी अध्यादेशप्रति मानव अधिकार तथा शान्ति समाजको आपत्ति

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएकोप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ । समाजका तर्फबाट महासचिव रामकृष्ण बरालले प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश आपत्तिजनक रहेको जनाएका छन् । ‘प्रतिनिधिसभा अधिवेशन अकस्मात अन्त्य गरेलगत्तै सरकारले राजनीतिक दलहरूको विभाजनलाई बढावा दिने गरी राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपश्चात राष्ट्रपतिबाट यस सम्बन्धी अध्यादेश जारी भएकोप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ । ...

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा याे अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले याे अध्यादेश जारी गर्नुभएको उल्लेख छ ।  दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले हिजो मङ्गलवार अध्यादेश सिफारिस गरेको थियो । राजनीतिक दल...