ताप्लेजुङमा शनिवारदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुस्टर डोज लगाइने भएको छ ।
कोभिशिल्ड खोप लगाएको ६ महिना समय पुगेकालाई बुस्टर डोज दिन लागिएको हो ।
जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुस्टर डोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ ।
नगरपालिका–४ वडा कार्यालय र तोक्मेडाँडामा प्रत्येक शनिवार नियमित खोप सञ्चालन गर्ने र खोप केन्द्रहरूमार्फत बुस्टर ...