देशभर ११ हजार २ सय ४७ जनाले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र ६० वर्षमाथिका नागरिकलाई बुस्टर डोज दिन शुरू गरिएको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म ११ हजार २ सय ४७ जनाले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाइसकेका छन् । २ माघदेखि सरकारले देशभर अग्रपंक्तिमा खटिनेहरूका लागि बुस्टर डोज अभियान शुरू गरेको हो । कोरोना भाइरसविरुद्धको दुवै डोज लगाइसकेकाहरूको ६ महिना पूरा अवधि पुगेकाहरूका लागि कोरोना...