टेकु अस्पतालमा कोभिडविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ संक्रमित भएपछि खोप कार्यक्रम स्थगित गरिने भएकोे छ । अस्पतालले आज विज्ञप्ति जारी गर्दै सोमबारदेखि  एक साताका लागि खोप अभियान स्थगित भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालले कोभिडविरुद्धको पहिलो र दोस्रो दुवै डोज खोप कार्यक्रम सञ्चालन गरिरहेको...

सम्बन्धित सामग्री

सरुवा रोग अस्पताल टेकुमा कोभिडविरुद्धको खोप कार्यक्रम आजदेखि पुन: सुरु हुने

अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ।

निजी मेडिकल कलेज र अस्पतालले पनि खोप केन्द्र सञ्चालन गर्न सक्ने

काठमाडौं : अबदेखि निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरूले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने भएका छन्।सरकारले निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरूले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने जनाएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै सबै मेडिकल कलेज तथा ५० वेड माथिका निजी अस्पतालहरूले कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न चाहेमा जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप कार्यक्रम सुरु गर्न सक्ने ज

काठमाडौंमा दशैं लक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ ।  काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारबाट सुरु गरिएको जानकारी गराएका हुन् । ३ दिनसम्म चल्ने यो खोप महानगरपालिका अन्तरगतको ३२ वटा वडाको ३४ स्थानबाट लगाउन पाउने व्यवस्था गरिएको छ ।चाडपर्वका कारण भिडभाड हुने र कोभिड–१९ को पनि जोखिम बढ

काठमाडौंमा चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ। दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन थालिएको हो। तीन दिनसम्म चल्ने खोप...

महासंघ सचिवालयमा लगाइयो कोभिडविरुद्धको खोप

काठमाडौं (अस) । स्वास्थ्य मन्त्रालय÷स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय, टेकुमा उद्योगी व्यवसायीका लागि कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको छ । महासंघले निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिई खोप उपलव्ध गराउन सरकारलाई गरेको आग्रहलाई स्वीकार गर्दै विभागबाट खोप कार्यक्रम सञ्चालन गरिएको हो ।       भदौ ४ गते आयोजित कार्यक्रममा महासंघका सदस्य संघ–संस्थामा आबद्ध उद्यमी व्यवसायी, कामदार कर्मचारी तथा परिवारजनलाई खोप दिइएको थियो । कार्यक्रममा करिव ६ सय जनाले भेरोसिल खोप लगाएको महासंघले बताएको छ । खोप कार्यक्रमको सुरुआत महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारी, स्वास्थ्य तथा सीप विकास समितिका सह–सभापति भक्तबहादुर हमालले संयुक्त रूपमा गरेका थिए । सरकारले निजी क्षेत्रलाई प्राथमिकताका साथ कोभिडविरुद्धको खोप उपलब्ध गराएजस्तै सबै प्रदेशहरूले पनि आ–आफ्ना प्रदेशमा निजी क्षेत्रका उद्यमी व्यवसायीलाई प्राथमिकतामा राखेर खोप लगाउन महासंघले आग्रह गरेको छ ।

चलचित्र कलाकार संघको कोभिडविरुद्धको खोप कार्यक्रम

नेपाल चलचित्र कलाकार संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड–१९ विरुद्धको खोप लगाएकाहरूलाई कोरोना संक्रमण भए पनि सामान्य रहने बताए । नेपाल चलचित्र कलाकार संघले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कोरोना खोप लगाएपछि […]

चलचित्र कलाकार सङ्घद्वारा खोप कार्यक्रम सञ्चालन

काठमाडौँ। नेपाल चलचित्र कलाकार सङ्घले कलाकारका लागि कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । सङ्घले आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड १९ विरुद्धको खोप लगाएकाहरुलाई कोरोना सङ्क्रमण भए पनि सामान्य रहने बताइन् । सङ्घले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कलाकारितामा […]

कलाकारका लागि खोप कार्यक्रम सञ्चालन

काठमाडौं, साउन २४ । नेपाल चलचित्र कलाकार संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड १९ विरुद्धको खोप लगाएकाहरुलाई कोरोना संक्रमण भएपनि सामान्य रहने बताउनुभयो । संघले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कलाकारितामा […]

रुपन्देहीका कोभिडविरुद्धको खोप लगाउने विषयमा विवाद, ४ ठाउँमा रोकियो

कोभिडविरुद्धको खोप लगाउने क्रममा रुपन्देहीका ४ ठाउँमा विवाद हुँदा कार्यक्रम नै स्थगित  भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुदा खोप कार्यक्रम स्थगित भएको बताए ।रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार ५५ जनालाई १६ वटा पालिका मार्फत् ६९ वटा खोप केन्द्रमा मंगलबार र बुधबार चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाउने कार्यक्रम तय भएको थियो । खोप लगाउन सुरु गर्दा लक्षित उमेर भन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइएप

भारतमा नरिवल फुटाएर लगाइयो कोभिडविरुद्धको खोप (भिडियो)

भारतको उडिसामा रहेको कोरापुत जिल्लामा देवीदेवताको तस्वीरलाई कुर्सीमा राखेर त्यसअगाडि काँचो नरिवल फुटाएर कोभिडविरुद्धको खोप लगाउने कार्यक्रम शुरू गरिएको छ ।  रोयटर्स समाचार संस्थाका संवाददाता देवज्योत घोषालले यस विषयमा ट्वीट गरेका छन् ।    माथालपुत सामुदायिक स्वास्थ्य केन्द्रमा सरकारी अधिकारी र स्वास्थ्यकर्मीहरूले खोप कार्यक्रम शुरू हुनुअघि प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण सुने । त्यसपछि उनीहरूले देवीदेवतालाई खुशी बनाउन पूजाआजा गरे । पूजाका क्रममा काँचो नरिवल फुटाइएको थियो ।  अनि आदिवासी ...