काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारबाट सुरु गरिएको जानकारी गराएका हुन् । ३ दिनसम्म चल्ने यो खोप महानगरपालिका अन्तरगतको ३२ वटा वडाको ३४ स्थानबाट लगाउन पाउने व्यवस्था गरिएको छ ।चाडपर्वका कारण भिडभाड हुने र कोभिड–१९ को पनि जोखिम बढ