कर्णालीमा जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको बिहीबार (आज) १६ दिन पूरा भएको छ । अहिलेसम्म मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिन सकेका छैनन् । उनले मुख्यमन्त्री नियुक्त भएको १४ औं दिनमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरे पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।मुख्यमन्त्री शाहीले अहिले सातवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दल