चरा र अर्नाको राजधानी कोशी टप्पु आरक्षण वरपर जङ्गली जनावरको त्रास

धरान । गएको मङ्सिर २९ गते एकाबिहानै गहुँमा बोरिङबाट पानी लाउन घरबाट हिँडेका कोशी गाउँपालिका–६ का प्रमोद यादव कहिल्यै घर फर्किएनन् । कृषि पेशामा लागेका यादवको हात्तीको आक्रमणले ज्यान गयो । त्यसको १५ दिन नबित्दै सोही गाउँपालिका–५ का मोतीलाल कामतको त्यही एउटै हात्तीको आक्रमणबाट ज्यान गयो । राति नै उनको हात्तीको आक्रमणबाट मृत्यु भएपछि विहान घरनजिक शव भेटियो । एउटै गाउँपालिकामा १५ दिनको फरकमा दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाए । त्यो पनि एउटै हात्तीको आक्रमणबाट । कोशी टप्पु वन्

सम्बन्धित सामग्री

कोशी टप्पुमा घटे आगन्तुक चरा

चराको राजधानी मानिँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासमा यस वर्ष चराको संख्या घटेको छ । यसको मुख्य कारणका रुपमा गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले अन्यत्र विस्थापित हुँदा चराको संख्या घटेको सरोकारवालाको अनुमान छ ।

पुष्पा र अञ्जलीप्रति मोहित पर्यटक

कोशीटप्पु (सुनसरी) चितवनबाट असोज १० गते कोशी टप्पु वन्यजन्तु आरक्षमा ल्याइएका पोथी गैंडा ४ वर्षीया पुष्पा र ३ वर्षीया अन्जलीले पूर्वेली पर्यटकलाई मोहित बनाएका छन् ।  आरक्षको कार्यालय सुनसरीमा भए पनि आरक्षले मधेश प्रदेशको सप्तरी तथा कोशी प्रदेशको सुनसरी र उदयपुर गरी तीन जिल्लालाई समेटेको छ । जंगली भैंसी अर्नाको प्राकृतिक वासस्थान कोशी टप्पु चराका लागि पनि स्वर्गीय भूमि मानिन्छ । यहाँ गैंडा थपिएपछि आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको नेपाल प्रकृति संरक्षण कोष कोशी टप्पुका अधिकृत वीरेन्द्र गौतम बताउँछन् ।  उनका अनुसार अघिल्लो वर्ष कोशी टप्पुमा १२ हजार पर्यटक आएकोमा यस वर्ष गैंडाको कारण झन्डै ६ हजार थप आन्तरिक र बाह्य पर्यटक आउने सम्भावना छ । एक दिनको बाटो गाडीमा यात्रा गरेर गैंडा हेर्न चितवन पुग्ने पर्यटक अहिले कोशी टप्पुमा तानिएका छन् । हाल दुईओटा पोथी गैंडा मात्र रहेको आरक्षमा फागुनतिर एउटा भाले गैंडा ल्याउने तयारी छ । घाँसे मैदान र चरिचरनलाई दृष्टिगत गरी सप्तरीको कञ्चनरूप नगरपालिका–५ मा पर्ने आरक्षको संरक्षित क्षेत्र पथरीमा तारबार गरी दुईओटा पोथी गैंडालाई प्राकृतिक रूपमै छाडिएको छ । तिनलाई बिहान ६ बजे हात्तीसँगै जंगलमा चराउन लगिन्छ । बेलुका ६ बजे आरक्षमा प्राकृतिक रूपमा तयार गरिएको सुरक्षित क्षेत्रमा प्रवेश गर्छन् ।  कोशी टप्पुबाट २०७३ मा चितवन राष्ट्रिय निकुञ्जमा १६ ओटा अर्ना लगिएको थियो । स्थानीयको विरोध हुँदाहुँदै पनि चितवन लगिएका सबै अर्ना बाघको आक्रमण र बाढीले मरेपछि त्यसको सट्टामा चितवन राष्ट्रिय निकुञ्जले आरक्षलाई गैंडा दिएको बताइएको छ । चितवनको जस्तो कोशी टप्पुमा शिकारी जन्तु बाघ र चितुवा नभएका कारण अन्य वन्यजन्तु यहाँ सुरक्षित रहने आरक्षका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए ।  मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर खड्काले कोशी टप्पुको पश्चिमी क्षेत्र सप्तरीको पथरी र जमुवामा होमस्टे रहे पनि पर्याप्त नभएको बताए । गैंडा आएपछि दिनहुँ पर्यटकको घुइँचो लाग्न थालेको छ । आन्तरिक र बाह्य दुवै पर्यटकलाई खाने बस्ने व्यवस्था गर्नुपर्ने भएकाले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आरक्ष वरिपरि विभिन्न स्थानमा होमस्टे, हात्ती सफारी, जीप सफारीको व्यवस्थाका लागि आरक्ष कार्यालयमा योजना पेश गर्ने र काम अघि बढाउने खड्काले बताए ।  गैंडालाई चाहिने चरन क्षेत्र, घाँसे मैदान, बालुवा, पानीलगायतको सहज उपलब्धताले अहिले पुष्पा र अञ्जली सामान्य अवस्थामा फर्किसकेको बताइन्छ । उनीहरूलाई चितवन र कोशी टप्पुको वातावरण खासै फरक लागेको छैन । उनीहरूको आनीबानी र दैनिकी हेर्दा उक्त कुराको अनुमान लगाउन सकिने गौतमले बताए ।  सामान्यत: पोथी गैंडाले ४ वर्ष पूरा गरेपछि भाले खोज्छ । पुष्पाले ४ वर्ष पूरा गरेकाले उसका लागि भाले ल्याउने तयारी भइरहेको प्रमुख संरक्षण अधिकृत यादवले जानकारी दिए । उनका अनुसार पुष्पाका लागि भाले ल्याउँदा अञ्जलीलाई हान्ला कि भन्ने चिन्ता छ । अनुकूल मिलाएर भाले गैंडा ल्याउने आवश्यक तयारी भइरहेको छ ।  २०३२ सालमा स्थापना गरिएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १ सय ७५ वर्ग किलोमीटरमा फैलिएको छ । यो क्षेत्र अर्नालगायत वन्यजन्तु र चरा संरक्षणका लागि स्थापना गरिएको हो । अर्नाको राजधानी मानिएको कोशी टप्पुमा सन् २०२१ को गणना अनुसार ४९८ अर्ना छन् । रैथाने, आगन्तुक र संकटापन्न गरी कोशीटप्पुमा ५३१ प्रजातिका चरा पाइएको रेकर्ड छ । त्यसैगरी स्तनधारी जन्तुमा १० ओटा जंगली हात्ती, १९ डल्फिन, गौरीगाई, निलगाई, चितल, लगुना, रतुवा, नीर बिरालो, वन बिरालो, महला बिरालो, दुम्सी, बँदेल, सालक, बाँदर, लंगुर, फ्याउरो, स्याल, मलसाँप्रो, मुसा, न्याउरी मुसा, मगर गोही, अजिंगर, सुन गोहोरो, घडियाल गोही र विभिन्न प्रजातिका सर्प छन् । कोशी टप्पु पक्षीको बसोवासका लागि पनि प्रसिद्ध मानिन्छ । आरक्षको तथ्यांक अनुसार यहाँ २४ ओटा खरमजुर, एउटा सानो खरमजुर, कालो भुँडीफोर र सेतो भुँडीफोर छन् ।

यो वर्ष कोशी टप्पुमा नयाँ प्रजातिका चरा आउने क्रम बढ्दो

सुनसरी– चराहरूको राजधानी मानिने सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा हिउँद लागेसँगै पाहुना चरा आउन थालेका छन् । अक्टोबरदेखि मे महिनासम्म विभिन्न देशबाट पाहुना चरा उचित वासस्थान तथा बच्चा कोरल्नका लागि चराहरू कोशी टप्पु आउने गरेका हुन् । विशेषगरी कोशी टप्पुमा मङ्गोलिया, साईबेरिया, तिब्बत, पूर्वी एसिया लगायतका देशबाट चरा आउने गरेका छन् । नेपालमा ८८६ प्रजातिका […]

जलपक्षी गणना सम्बन्धी गोष्ठी रुपन्देहीमा

जलपक्षी गणनाका बारेमा नयाँनयाँ तरिका, प्रविधि र योजनाबारे जानकारी दिने ध्येयले रुपन्देहीमा आजदेखि तेस्रो राष्ट्रिय गोष्ठी शुरु भएको छ । दुईदिने गोष्ठीमा स्थानीय चरा गणनाका संयोजक, चराविद् तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता छ ।           यसअघि सन् २००७ मा पहिलो गोष्ठी लुम्बिनीमै र सन् २०१२ मा दोस्रो गोष्ठी चितवनमा भएको थियो । नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपक्षी गणना राष्ट्रियरुपमा संयोजन गर्दै आएको हिमाली प्रकृति संस्थाको आयोजित कार्यक्रममा चरा गणनाको तथ्याङ्क सङ्कलन, गणना र शुद्धताबारे पनि निष्कर्ष निकालिने जनाइएको छ ।           गोष्ठीमा कोशी टप्पु, हेटौँडा, चितवन, जनकपुर, काठमाडौँ, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरलगायत ठाउँबाट ३५ भन्दा बढी चराविद्को सहभागीता रहेको आयोजक संस्थाका कार्यक्रम निर्देशक डा तुल्सी सुवेदीले जानकारी दिनुभयो । सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि गर्नुपर्ने स्थान विशेष कामबारे अन्तरक्रिया हुने उहाँले बताउनुभयो ।

चरा र अर्नाको राजधानी कोशीटप्पु वरपर जङ्गली जनावरको त्रास

गएको मङ्सिर २९ गते एकाबिहानै गहुँमा बोरिङबाट पानी लाउन घरबाट हिँडेका कोशी गाउँपालिका–६ का प्रमोद यादव कहिल्यै घर फर्किनुभएन । कृषि पेशामा लागेका यादवको हात्तीको आक्रमणले ज्यान गयो । त्यसको १५ दिन नबित्दै सोही गाउँपालिका–५ का मोतीलाल कामतको त्यही एउटै हात्तीको आक्रमणबाट ज्यान गयो । राति नै उहाँको हात्तीको आक्रमणबाट मृत्यु भएपछि बिहान घरनजिक शव भेटियो । एउटै गाउँपालिकामा १५ दिनको फरकमा दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाए । त्यो पनि एउटै हात्तीको आक्रमणबाट । कोशी टप्पु वन्यजन्त आरक्षणको मध्यवर्ती क्षेत्रमा पर्ने कोशी गाउँपालिकाका अधिकांश गाउँ जङ्गली जनावरको आक्रमणको चपेटामा परेको छ । प्रमोद र मोतीलालजस्ताको दैनिकजसो मृत्यु हुने गरेको छ । आरक्षणबाट आएका जङ्गली जनावरले कतिखेर ज्यान लाने हो भन्ने ठेगान स्थानीयवासीमा छैन ।

कोशी टप्पुमा दुर्लभ ‘सेतो पेटे रानी चरी’ फेला

धरान । चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र

कोशी टप्पुमा दुर्लभ ‘सेतो पेटे रानी चरी’ फेला

चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५२६ प्रजातिका चरा पाइने रेकर्ड छ । पछिल्लो समय आरक्षमा ‘सेतो पेटे रानी चरी’ नामक प्रजातिको चरा फेला परेको हो ।v

कोशी टप्पुको जंगल सफारी बन्द

१३ पुस, इटहरी । जंगल सफारीको पर्यावाची भनेर चिनिएको चितवन राष्ट्रिय निकुन्ज र पर्सा वन्यजन्तु आरक्षपछि पूर्वकै पहिलो जंगल सफारी चलायो धरानको सेछ ट्राभलिङले । नेपालको सबैभन्दा ठूलो नदी कोशी किनारमा रहेको दक्षिण एसियाको चरा भण्डार भनिएको तथा अर्ना, डल्फिन र साइबेरियाका आप्रवासि घुमन्ते चराको गन्तव्यका कारण कोशी टप्पु चर्चित छ …