पुष्पा र अञ्जलीप्रति मोहित पर्यटक

कोशीटप्पु (सुनसरी) चितवनबाट असोज १० गते कोशी टप्पु वन्यजन्तु आरक्षमा ल्याइएका पोथी गैंडा ४ वर्षीया पुष्पा र ३ वर्षीया अन्जलीले पूर्वेली पर्यटकलाई मोहित बनाएका छन् ।  आरक्षको कार्यालय सुनसरीमा भए पनि आरक्षले मधेश प्रदेशको सप्तरी तथा कोशी प्रदेशको सुनसरी र उदयपुर गरी तीन जिल्लालाई समेटेको छ । जंगली भैंसी अर्नाको प्राकृतिक वासस्थान कोशी टप्पु चराका लागि पनि स्वर्गीय भूमि मानिन्छ । यहाँ गैंडा थपिएपछि आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको नेपाल प्रकृति संरक्षण कोष कोशी टप्पुका अधिकृत वीरेन्द्र गौतम बताउँछन् ।  उनका अनुसार अघिल्लो वर्ष कोशी टप्पुमा १२ हजार पर्यटक आएकोमा यस वर्ष गैंडाको कारण झन्डै ६ हजार थप आन्तरिक र बाह्य पर्यटक आउने सम्भावना छ । एक दिनको बाटो गाडीमा यात्रा गरेर गैंडा हेर्न चितवन पुग्ने पर्यटक अहिले कोशी टप्पुमा तानिएका छन् । हाल दुईओटा पोथी गैंडा मात्र रहेको आरक्षमा फागुनतिर एउटा भाले गैंडा ल्याउने तयारी छ । घाँसे मैदान र चरिचरनलाई दृष्टिगत गरी सप्तरीको कञ्चनरूप नगरपालिका–५ मा पर्ने आरक्षको संरक्षित क्षेत्र पथरीमा तारबार गरी दुईओटा पोथी गैंडालाई प्राकृतिक रूपमै छाडिएको छ । तिनलाई बिहान ६ बजे हात्तीसँगै जंगलमा चराउन लगिन्छ । बेलुका ६ बजे आरक्षमा प्राकृतिक रूपमा तयार गरिएको सुरक्षित क्षेत्रमा प्रवेश गर्छन् ।  कोशी टप्पुबाट २०७३ मा चितवन राष्ट्रिय निकुञ्जमा १६ ओटा अर्ना लगिएको थियो । स्थानीयको विरोध हुँदाहुँदै पनि चितवन लगिएका सबै अर्ना बाघको आक्रमण र बाढीले मरेपछि त्यसको सट्टामा चितवन राष्ट्रिय निकुञ्जले आरक्षलाई गैंडा दिएको बताइएको छ । चितवनको जस्तो कोशी टप्पुमा शिकारी जन्तु बाघ र चितुवा नभएका कारण अन्य वन्यजन्तु यहाँ सुरक्षित रहने आरक्षका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए ।  मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर खड्काले कोशी टप्पुको पश्चिमी क्षेत्र सप्तरीको पथरी र जमुवामा होमस्टे रहे पनि पर्याप्त नभएको बताए । गैंडा आएपछि दिनहुँ पर्यटकको घुइँचो लाग्न थालेको छ । आन्तरिक र बाह्य दुवै पर्यटकलाई खाने बस्ने व्यवस्था गर्नुपर्ने भएकाले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आरक्ष वरिपरि विभिन्न स्थानमा होमस्टे, हात्ती सफारी, जीप सफारीको व्यवस्थाका लागि आरक्ष कार्यालयमा योजना पेश गर्ने र काम अघि बढाउने खड्काले बताए ।  गैंडालाई चाहिने चरन क्षेत्र, घाँसे मैदान, बालुवा, पानीलगायतको सहज उपलब्धताले अहिले पुष्पा र अञ्जली सामान्य अवस्थामा फर्किसकेको बताइन्छ । उनीहरूलाई चितवन र कोशी टप्पुको वातावरण खासै फरक लागेको छैन । उनीहरूको आनीबानी र दैनिकी हेर्दा उक्त कुराको अनुमान लगाउन सकिने गौतमले बताए ।  सामान्यत: पोथी गैंडाले ४ वर्ष पूरा गरेपछि भाले खोज्छ । पुष्पाले ४ वर्ष पूरा गरेकाले उसका लागि भाले ल्याउने तयारी भइरहेको प्रमुख संरक्षण अधिकृत यादवले जानकारी दिए । उनका अनुसार पुष्पाका लागि भाले ल्याउँदा अञ्जलीलाई हान्ला कि भन्ने चिन्ता छ । अनुकूल मिलाएर भाले गैंडा ल्याउने आवश्यक तयारी भइरहेको छ ।  २०३२ सालमा स्थापना गरिएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १ सय ७५ वर्ग किलोमीटरमा फैलिएको छ । यो क्षेत्र अर्नालगायत वन्यजन्तु र चरा संरक्षणका लागि स्थापना गरिएको हो । अर्नाको राजधानी मानिएको कोशी टप्पुमा सन् २०२१ को गणना अनुसार ४९८ अर्ना छन् । रैथाने, आगन्तुक र संकटापन्न गरी कोशीटप्पुमा ५३१ प्रजातिका चरा पाइएको रेकर्ड छ । त्यसैगरी स्तनधारी जन्तुमा १० ओटा जंगली हात्ती, १९ डल्फिन, गौरीगाई, निलगाई, चितल, लगुना, रतुवा, नीर बिरालो, वन बिरालो, महला बिरालो, दुम्सी, बँदेल, सालक, बाँदर, लंगुर, फ्याउरो, स्याल, मलसाँप्रो, मुसा, न्याउरी मुसा, मगर गोही, अजिंगर, सुन गोहोरो, घडियाल गोही र विभिन्न प्रजातिका सर्प छन् । कोशी टप्पु पक्षीको बसोवासका लागि पनि प्रसिद्ध मानिन्छ । आरक्षको तथ्यांक अनुसार यहाँ २४ ओटा खरमजुर, एउटा सानो खरमजुर, कालो भुँडीफोर र सेतो भुँडीफोर छन् ।

सम्बन्धित सामग्री

हाफ म्याराथनमा विजय र पुष्पा पहिलो

विजय रावत र पुष्पा भण्डारी तेस्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन् । विजय पुरुष तथा पुष्पा महिलामा पहिलो भएका हुन् । विजयले निर्धारित दूरी १ घन्टा...

पुष्पा २ मा रणवीर प्रहरी अधिकृत

मुम्बई – साउथ अभिनेता अल्लू अर्जुन हालका दिनमा आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को सिक्वेलल ‘पुष्पा २’को सुटिङ गरिरहेका छन्। अब यो फिल्ममा अभिनेता रणवीर सिंह पनि जोडिने भएका छन्। फिल्ममा उनले प्रहरी अधिकृतको भूमिका निभाउनेछन्। रणवीरले यसअघि फिल्म ‘सिम्बा’ र ‘सूर्यवंशी’मा प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए। फिल्म ‘पुष्पा २’मा रणवीरले पुष्पा राजको परिचय गराउनेछन्। फिल्ममा […]

'पुष्पा २: द रुल' को टिजरमा यस्तो अवस्थामा भेटिए अल्लु अर्जुन

बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ को टिजर सार्वजनिक भएको छ। तीन मिनेट लामो टिजरमा अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा देख्न सकिन्छ। कहाँ छन् पुष्पा? भन्दै खोजी भइरहेको र जंगलमा बाघसँगै पुष्पा भेटिएको दृश्य टिजरमा छन्। यस फिल्ममा अल्लु अर्जुनका साथै रश्मीका मन्दानाको मुख्य भूमिका छ। तर, पुष्पा ग्याङ्स्टार लुकमा देखिँदा…

‘पुष्पा द राइज’को सिक्वेल ‘पुष्पा द रुल’को सुटिङ सुरु

भारतीय अभिनेता अल्लू अर्जुनको मुख्य भुमिका रहेको फिल्म ‘पुष्पा द राइज’को सिक्वेल ‘पुष्पा द रुल’को सुटिङ सुरु भएको छ। यो फिल्मको सुटिङको बारेमा पछिल्ला केही महिनामा धेरै अड्कलबाजीहरु भएका थिए। फिल्म ‘पुष्पा द रुल’मा अल्लू अर्जुनको लुक निर्देशक सुकुमारले सार्वजनिक गरेका हुन्। फिल्म ‘पुष्पा द राइज’को सफलता भएदेखि नै यसको…

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

उपसभामुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल निर्वाचित भएकी छन् । उनले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दे उपसभामुखमा निर्वाचित भएकी हुन् ।  प्रतिनिधिसभामा शुक्रबार भएको मतदानमा कुल २४२ सांसदको उपस्थिती...

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल विजयी

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल विजयी भएकी छन्। उपसभामुख चयनका लागि संसद्‌मा शुक्रबार भएको मतदानमा  नेपाली कांग्रेसकी पुष्पा भुसाल विजयी भएको सभामुख अग्नि सापकोटाले सदनमा घोषणा गरेका हुन्।उपसभामुखका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराई उम्मेदवार थिए।भुसालले १४८ मत पाउँदा विपक्षी उम्मेदवार भट्टराईले ९३ मत पाएको तथा मत दिन्नँ अर्थ

‘पुष्पा २’ लाई लिएर विभिन्न चर्चा

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा’ ले बक्स अफिसमा कमाइको रेकर्ड बनाएपछि त्यहाँका फिल्महरू अल इन्डिया रिलिज हुन् थाले । ‘पुष्पा’ यसको कारक मानिन्छ । फिल्मको डायलग र अल्लु अर्जुनको शैलीलाई दर्शकले रुचाए । ‘पुष्पा’ को क्रेज र लोकप्रियतासँगै अल्लु अर्जुनलाई भारतकै सुपरस्टार भन्न थालियो । उनको पुराना फिल्महरू समेत चर्चामा आए। […]

हुर्किए पुष्पा र अञ्जली

२२ असार, चितवन । चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीहरुसँग लडिबुडी गर्दै हुर्किएका पुष्पा र अञ्जलीका लागि कोषको आँगन अब साँघुरो भएको छ । पुष्पा र अञ्जलीलाई जंगलमा छाड्ने बेला भएको छ । तर कर्मचारीको रेखदेख र माया ममतामा हुर्किएका उनीहरूलाई ‘वाइल्ड’ बनाउनुपर्ने चुनौती छ । जन्मिएलगत्तै आमाबाट छुटेका थिए यी दुई गैंडाका केटीहरु […]

लिक भएकै हो त ‘पुष्पा २’ को स्टोरी ?

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा’ ले बक्स अफिसमा कमाइको रेकर्ड बनाएपछि त्यहाँका फिल्महरू अल इन्डिया रिलिज हुन् थाले । ‘पुष्पा’ यसको कारक मानिन्छ । फिल्मको डायलग र अल्लु अर्जुनको शैलीलाई दर्शकले रुचाए । ‘पुष्पा’ को क्रेज र लोकप्रियतासँगै अल्लु अर्जुनलाई भारतकै सुपरस्टार भन्न थालियो । दर्शक पछिल्लो समय ‘पुष्पा २ : […]

‘पुष्पा’ हिट भएपछि अभिनेत्री रश्मिकाले बढाइन् शूल्क

फिल्म ‘पुष्पा: द राइज’ अभिनेत्री रश्मिका मन्दानाले आफ्नो शूल्क (पारिश्रमिक) बढाएकी छन् । फिल्म हिट भएपछि उनले ‘पुष्पा २’ का लागि आफ्नो शूल्क बढाएकी हुन् । समाचारका अनुसार उनले ५० प्रतिशत पारिश्रमिक (शूल्क) बढाउन माग गरेकी छन् । रश्मिकाले ‘पुष्पा : द राइज’ का लागि दुई करोड (भारु) लिएकी थिइन् । तर ‘पुष्पा २’ का लागि उनले निर्माण युनिटसँग तीन करोड माग गरेकी छन् । पुष्पा : द राइज’मा रश्मिका साउथ सुपरस्टार अर्जुन अल्लुको जोडीको रुपमा छिन् । क