अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तै–उस्तै छ । मौसम त पानी परेपछि एक/दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्योल हुन भने अझै केही समय लाग्नेछ ।
दिनभरि पानी पर्ला–पर्ला झैं भए पनि दरबारमार्गको चिसो भुइँमा थचक्कै बसेका नेकपा ओली समूहका कार्यकर्ताले प्रधानमन्त्रीले विकास र समृद्धिको भाषण बर्साइदिएपछि जुरुकजुरुक उठेर उनका पक्षमा नारा लगाए । भाषणमा समृद्धि र समाजवादको कुरा गरिए पनि तीन किसिमका वर्ग स्पष्टै छुट्टिने गरी कार्यक्रमस्थल मिलाइएको थियो । भुइँमा थचक्क बसेका का...