नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् ।
अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न सर्वोच्चले दिएको आदेशबमोजिम आइतवार अदालत पुगेर प्रचण्डले लिखित जवाफ पेश गरेका हुन् ।
प्रचण्डले आफूले अदालतको अवहेलना हुने केही नबोलेको दाबी लिखित जवाफमा गरेका छन् ।
आफूविरुद्धको रिट वर्तमान सरकारको नेतृत्वले नै प्रायोजित रूपमा तयार पारेको उनको आरोप छ ।
'वर्तमान सरकारको नेतृत्वले प्रायोजित र...