काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूह आधिकारिकता दाबी गर्न सशरीर निर्वाचन आयोगमा उपस्थित हुने भएको छ । बिहीवार (आज) बसेको कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न बहुमत सदस्यसहित सशरीर आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै फेरि निवेदन दिने निर्णय भएको उपेन्द्र यादव समूहका नेताहरूले बताएका छन् । यसअघि गएको जेठ १७ गते अर्का अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई गरिएको कारबाहीलाई आयोगले वैधानिकता नदि...