उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने निर्णय

राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूह सरकारमा जाने भएको छ । सो समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम रहेको ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न  बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको जान

सम्बन्धित सामग्री

जसपाको निर्णय : पहिला आधिकारिकता विवाद टुंग्याउने अनि मात्रै सरकारमा जाने

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (बाबुराम भट्टराई-उपेन्द्र यादव समूह) अहिले नै शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने भएको छ। जसपामा महन्थ ठाकुर पक्षसँग विवाद कायम नै रहेको अवस्थामा अहिलेको अवस्थामा पार्टी सरकारमा सहभागी नहुने भएको हो। जसपा नेता राजेन्द्र प्रसाद श्रेष्ठले पहिला पार्टीको आधिकारिकतासम्बन्धी विवाद छिटो टुङ्ग्याउन पहल गर्ने र त्यसपछि…

क–कसले अस्वीकार गरे मन्त्री बन्ने देउवाको प्रस्ताव ?

सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको केही घण्टापछि नै  काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणको प्रयास थालेका छन् ।देउवाले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन नेकपा माओवादी केन्द्र,  एमाले (माधव नेपाल समूह), जसपा (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरुलाई आग्रह गरेका छन् ।सोमबार अपरान्ह कोटेश्वरमा माधव नेपालको घर नजिकै बसेको विपक्षी गठबन्धनको बैठकमा काँग्रेस सभापति देउवाले सरकारमा सहभागी हुन विपक्षी गठबन्धनका नेताहरुलाई निम्तो दिएका हुन् ।वि

कांग्रेस र माओवादी पनि प्रदेश २ सरकारमा, मन्त्रालय टुक्रयाई भागबण्डा

जनकपुरधाम : प्रदेश २ को सरकार पुनर्गठनको सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव समूह), नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्यको सहमति भएको छ। जसपाको लालबाबु राउत नेतृत्वमा रहेको सरकारमा कांग्रेस र माओवादी केन्द्र सहभागी हुने निश्चित भएको छ। जसपाको महन्थ ठाकुर– राजेन्द्र महतो समूह केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि रुष्ट भएको उपेन्द्र यादव प्रदेश २ को सत्ता समीकरणको लागि विगत तीन दिन देखि कसरत गर्दैछन्। जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव आफैं तीन दिनदेखि लगातार कांग्रे...

जसपाका यी प्रदेश सभा सांसदद्वारा विपक्षमा मतदान (नामावलीसहित)

काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सांसदले मुख्यमन्त्री त्रीलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्नेहरु दुवै जसपाको महन्थ ठाकुर समूहका प्रदेश सभा सांसद हुन् । जसपाको उपेन्द्र यादव समूह प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनमा छ । तर, ठाकुर समूह भने ओली सरकारमा सहभागी छ । […]

अबको केही दिनमै सरकारमा सहभागी हुन्छौँ : जसपा नेता कर्ण

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह अबको केही दिनभित्रै सरकारमा सहभागी हुने भएको छ । आफूहरू अबको केही दिनमै सरकारमा सहभागी हुने तयारी भएको जसपाको महन्थ ठाकुर समूहका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । तर जसपाको उपेन्द्र यादव समूह भने यसअघि देखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिएकाे छ । यो समूहले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्दै आइरहेको छ । जसपाको एउटा समूह सरकारमा जाने तयारी गरिरहँदा अर्को समूह विपक्षी गठबन्धनको साथमा रहेको छ । यसले जसपा औपचा...

जसपा फुटे चुनावी नतिजा के होला ?

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी सत्ता संघर्षले फुटको संघारमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरुद्ध अध्यक्ष उपेन्द्र यादव समूह उभिएको छ । अध्यक्ष महन्थ ठाकुर समूह ओलीको पक्षमा छ । ठाकुर समूह ओली सरकारमा सहभागी हुन ठिक्क परेको छ । जनता समाजवादी पार्टी समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी […]