जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षका केही सांसदले कित्ता परिवर्तन गरेका छन् । यससँगै पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलमा बहुमत पुगेको दावी गरिएको छ । यसअघि उपेन्द्र यादव कार्यकारिणी समिति र राष्ट्रियसभामा बहुमतमा भएपनि संसदीय संसदीय दलमा ठाकुरको पक्षमा बहुमत देखिएको थियो । ओली सरकार ढल्नु अघिसम्म ३२ जना सांसदमध्ये महन्थ ठाकुरको पक्षमा २० जना सांसद थिए भने उपेन्द्र यादवको पक्षमा १२ जना मात्र थिए । अहिले उनको पक्षमा १९ जना सांसद पुगेको दावी गरिएको छ। सो