बैंकको रकम हिनामिना गरी नक्कली खाता र ऋणी बनाउने ३३ जनालाई कैद सजाय

सञ्चालक समितिलाई सफाइ दाङको नारायणपुरमा रहेको तत्कालिन वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको १८ करोड रकम हिनामिना प्रकरणमा ५६ जना प्रतिबादीबारे उच्च अदालत तुलसीपुरले फैसला गरेको  छ । जसमा ३३ जनालाई जरिवाना र...

सम्बन्धित सामग्री

सहकारीको रकम हिनामिना गर्ने १९ जनालाई कैद सजाय

इजलासले दुई वर्ष र एक वर्ष कैद सजाय हुनेलाई जनही पाँच हजारका दरले जरिवानाको फैसला गरेको हो ।

सहकारीको रकम हिनामिना गर्ने सञ्चालकसहित १९ लाई जेल सजाय

खजुरा – बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुरर सजाय र जरिवाना तोकेको छ। कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन्। अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, ५० हजारसम्म जरिवाना गर्ने बिहीबार फैसला गरेको अदालतका सूचना […]

पूर्व डीआइजी तथा मदन पुरस्कार विजेता महेशबिक्रम शाहलाई तीन वर्ष जेल

काठमाडौँ-  क्षेत्रीय तालिम प्रहरी कार्यालयमा प्रमुख रहेका बेला भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआइजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय भएको छ। विशेष अदालतले बुधबार शाहलाई कैद सजाय निर्धारण गरेको हो। रकम हिनामिना गरेको अभियोगमा तत्कालीन डीआइजी शाहसहित दुई जना दोषी ठहर भएका थिए। शाहलाई बिगो […]

राजस्व हिनामिनामा फरार पाँच कर्मचारी पक्राउ

विराटनगर। यातायात व्यवस्था कार्यालय, इटहरीमा भएको राजस्व हिनामिनामा दोषी ठहर भएका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई ३९ वर्ष ५ महीना २३ दिन कैद सजायसहित ६८ करोड ३२ लाख रुपैयाँ राजस्व असुल गर्न विशेष अदालतले यसअघि नै फैसला सुनाएको थियो । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेकाहरूमा यातायात व्यवस्था कार्यालय, इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल, तत्कालीन लेखापाल मणिराम दाहाल, कर्मचारीहरू कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाल थिए । नेपाल अवकाश पाउनु एक वर्ष पहिले यातायात कार्यालयमा सरुवा भएका थिए । विशेष अदालत काठमाडौंले २०७९ चैत ८ गते उनीहरूलाई भ्रष्टाचार (राजस्व रकम हिनामिना) कसुरमा दोषी ठहर गरेको थियो । तत्कालीन लेखापाल दाहाललाई ७ वर्ष ११ महीना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरीवानाको फैसला सुनाइएको थियो । यस्तै, नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरीवाना, कटुवाललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरीवाना, अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरीवाना तथा देवराज नेपाललाई ८ वर्ष ६ महीना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरीवानाको फैसला गरिएको थियो । उनीहरूले ३९ वर्ष ५ महीना २३ दिन कैद भुक्तान तथा ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ जरीवाना तिर्न बाँकी थियो । मोरङ प्रहरीले उनीहरूलाई विराटनगरबाट सोमवार साँझमा पक्राउ गरेको हो । त्यसपछि मंगलवार अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानका लागि मोरङ कारागार चलान गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसी रञ्जनकुमार दाहालले जानकारी दिए ।

रकम हिनामिना आरोपमा कृषि विकास बैंकका कर्मचारीलाई ८ वर्ष कैद

२८ भदौ, काठमाडौं । विशेष अदालतले कृषि विकास बैंकको रकम हिनामिना गर्ने गरेको ठहर सहित बैंकका एक सहायक कर्मचारीलाई ८ वर्ष कैद सजाय तोकेको छ । त्यही घटनामा संलग्न भएको आरोपमा नेपाली सेनाका एक पूर्व अधिकारीलाई ४ वर्ष कैद निर्धारण गरेको हो । नेपाली सेनाका पूर्व सहायक रथी रमेशराज विष्ट र कृषि विकास बैंककी सहायक […]

कृषि विकास बैंकको ४ करोड घोटालामा पूर्वजर्नेललाई कैद सजाय

काठमाडौं । कृषि विकास बैंकको ४ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दोषी ठहर भएका नेपाली सेनाका पूर्वसहायक रथी पूर्वजर्नेल रमेशराज विष्टलाई ४ वर्ष र बैंकको टेलर सहायक दीपिका रेग्मीलाई ८ वर्ष कैदको सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको भदौ ७ गतेको इजलासले उनीहरुलाई दोषी ठहर […]

कटारी नगरपालिकाका लेखा अधिकृतलाई ९ वर्ष कैद सजाय

काठमाडौँ। विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । तीन फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो । उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो । उनीमाथि उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा कार्यरत रहदा […]

कटारी नगरपालिकाका लेखा अधिकृत ढकाललाई ९ वर्ष कैद सजाय

२२ भदौ, काठमाडौं। विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । तीन फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो । उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो । उनीमाथि उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा […]

बैंकको १८ करोड रकम हिनामिना प्रकरण: प्रमुखसहित ३३ खातावाललाई कैद सजाय

देव बिकास हुँदै हाल कुमारी बैंक बनेको तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंकको १८ करोड ३ लाख ७२ हजार २ सय १८ रुपैयाँ हिनामिना भएको तथ्य खुलेको थियो। यो प्रकरणमा मुख्य हात बैंकका शाखा प्रमुख समिर बुढाथोकीको देखिएको छ।...