रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने

सुबास हुमागाई, हाङ्गचौ चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा करातेमा रजत पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् । एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाड सम्पन्न हुनु एक दिन अघि १ रजत र १ कास्य पदक जितेको […] The post रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

रिपोर्टर्स रजत महोत्सव– क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ बाट परियार सम्मानित

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले आज (शुक्रबार) आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा ती पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट प्रदान गरिएको हो । क्लबले यो वर्षको क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ बाट नेपाली रेडियो नेटवर्ककी रिपोर्टर गोमा परियारलाई सम्मान गरिएको छ ।

ओम एजुकेशन एकेडेमीले रजत जयन्ती मनायो

काठमाडौं । ओम एजुकेशन एकेडेमीको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती एक कार्यक्रमबीच सम्पन्न भएको छ । एकेडेमी २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रम तथा अतिरिक्त क्रियाकलापको पनि आयोजना गरिएको थियो । सो अवसरमा प्रतियोगितामा सहभागी भई प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका सहभागीले खेलकुदका गतिविधिले शारीरिक […]

शारीरिक सुगठनमा रजत तथा कास्य पदक विजेतालाई नगद पुरस्कार

हालै सम्पन्न ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा शारीरिक सुगठन प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कास्य पदक विजेता राजु राईलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश वावु श्रेष्ठले  व्यक्तिगत रुपमा पुरस्कार वितरण गरेका छन् । उनले रजत पदक विजेतालाई नगद रु. १,५०,००० तथा कास्य पदक विजेतालाई नगद रु. ७५,००० पुरस्कार प्रदान गरेका हुन् । सोहि अवसरमा नेपाल शारीरिक सुगठन तथ फिटनेस

२५ जनालाई नइ पुरस्कार

नइ प्रकाशनले पच्चीस जनालाई २०७८ सालको नइ पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा नेपालभित्र र नेपालबाहिरका चौबीस देशका नेपाली र विदेशी प्रतिभालाई पनि नइ रजत महोत्सव पदक प्रदान गरिएको थियो । गत वर्ष र यस वर्ष गरी ४१० जना व्यक्तिहरू नइ रजत महोत्सव पदकबाट सम्मानित भएका छन् । नइ प्रकाशनले कोरोना महामारीका कारण गत वर्ष पूर्ण रुपमा सो पदक प्रदान गर्न सकेको थिएन ।  नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय

समालोचक प्राडा त्रिपाठीलाई नइ रजत महोत्सव पुरस्कार

नेपाली समालोचना क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई विसं २०७७ को नइ रजत महोत्सव पुरस्कारद्वारा सम्मानित गरिएको छ । नइ प्रकाशनको रजत महोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा रु पाँच लाख नगदसहित सम्मान पत्रद्वारा प्रा डा त्रिपाठीलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मानित गर्नुभयो । यसै गरी समालोचक त्रिपाठीलाई नै विसं २०७६ को …

सागका पदक विजेतालाई नगद पुरस्कार

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सोमबार नेपाल एथलेटिक्स सङ्घले नगद पुरस्कार प्रदान गरेको छ । सोमबार आयोजित कार्यक्रममा पदक विजेता आठ खेलाडीलाई सङ्घले पुरस्कृत गरेको हो ।एथलेटिक्स सङ्घले १३औँ सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरेको हो । पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्

ओलम्पिक पदकधारी खेलाडी सुशील कुमार भगौडा घोषित, सूचना दिनेलाई १ लाखको पुरस्कार

भारतीय कुस्तीलाई विश्वस्तरमा नयाँ पहिचान दिने खेलाडी सुशील कुमार विवादमा परेका छन्। ‌ओलम्पिकमा एक काश्य र एक रजत जितेका उनलाई भगौडा घोषित गरिएको छ। एउटा हत्या काण्डमा उनलाई प्रमुख दोषी मानेर प्रहरीले उनलाई पक्राउका लागि कोसिस गरिरहेको छ। जसमा उनको बारे सूचना दिनेलाई १ लाखको पुरस्कार समेत घोषणा गरेको छ।…

पीएचडी गर्नेलाई एक लाखको नइ शोध पुरस्कार दिइने

काठमाडौं। नइ प्रकाशनले नेपाली साहित्यका विशिष्ट व्यक्तित्वबारे पीएचडी गर्नेलाई एक लाख रूपैयाँको शोध पुरस्कार दिने भएको छ। माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरबल्लभ, महासमालोक प्रा.डा. बासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्वनारी रत्न डा. वानीरा गिरीको योगदानबारे पीएचडी गर्नेलाई उक्त पुरस्कार दिइनेछ। नइ प्रकाशनको रजत महोत्सवको अवसरदेखि अब हरेक वर्ष नइ शोध पुरस्कार दिन लागिएको हो।