काठमाडौंः कोरोना संक्रमितको उपचारमा खटिएका भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। कोभिड वार्डमा उपचाररत विरामीको उचित हेरचाह नगरेको भन्दै अपरिचित व्यक्तिहरुले हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीमाथि हातपात गरेको अस्पतालले जनाएको छ।
अस्पतालका अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव डा. प्रकाश थापाले विज्ञप्ति जारी गर्दै दोषी व्यक्तिमाथि कारबाहीको माग समेत गरेका छन्।…