धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिरसमेत निर्यात हुन थालेको छ । जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउ आवश्यकता रहेकामा उक्त परिमाणभन्दा बढी बीउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । “बर्खे धानखेती गरिने क्षेत्रफल र गहुँको उन्नत बीउ उत्पादनको हकमा कैलाली जिल्ला देशमै पहिलो स्थानमा छ”, ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले भने, “पछिल्ला वर्षमा धान