दैलेख-१ मा एमालेको अग्रता, एकीकृत समाजवादी पछिपछि

दैलेख क्षेत्र नम्बर एकमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । ८ हजार ९ मतगणना हुँदा एमालेका रविन्द्रराज शर्माले ३ हजार ६७५ पाएका छन् । शर्मालाई सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार अम्मरबहादुर थापाले ३ हजार २८२ मतसहित पछ्याइरहेका छन् । त्यसैगरी राप्रपाकी कुन्तीकुमारी शाहीले ३९४, नेमकिपाका प्रकाश गुरुङले ३१७ र राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्माले ६२ मत पाएका छन् । हालसम्म कुल २५८ मत बदर भएको छ । 

सम्बन्धित सामग्री

कास्की २ मा एमालेको अग्रता, घण्टी उम्मेदवार पछिपछि

काठमाडौं – कास्की क्षेत्र नम्बर -२ मा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४ हजार ८५१ मतसहित अग्रता कायम गरेकी हुन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ४ हजार ७०७ मतसहित भट्टराईलाई पछ्याइरहेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बराल ३ हजार २०७ मतसहित तेस्रो स्थानमा […]

ललितपुर क्षेत्र नंं २ मा नेकपा एमालेको अग्रता

काठमाडौँ,५ मँसिर । ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गरेका छन् । यसैगरी हाम्रो नेपाली […]

ललितपुर-२ मा एमालेको अग्रता, स्वतन्त्र पार्टीले पछ्याउँदै

ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । जारी मतगणनामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् ।सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९० मत पाउँदा राप्रपाका उम्मेदवारले ७६ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत ल्याएका छन् ।

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

दाङ : तुलसीपुर उपमहानगरपालिकामा अहिलेसम्म भएको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ।२९ हजार ७५७ मत गणना हुँदा एमालेका प्रमुख पदका उम्मेदवार टिकाराम खड्का ३८९ मतले अगाडि छन्। उनले १२ हजार ४२९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले १२ हजार ४० मत ल्याएका छन्।यस्तै, उपप्रमुखमा एमालेबाट स्यानी चौधरीले ११६६७ मत ल्याएकी छन् , भने गठबन्धनबाट  नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार जोगबहादुर राणा मगरले ९ हजार १ सय ९० मत ल्याए

प्रारम्भिक परिणाममा एमालेको अग्रता

गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । आइतबार बेलुकासम्म देशभरका ३७ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार १५ पालिकामा नेकपा एमाले, ११ पालिकामा कांग्रेस, ९ पालिकामा नेकपा माओवादी र २ पालिकामा नेकपा एकीकृत समाजवादी केन्द्रले जित हात पारेका छन् । नेकपा एमाले विजयी भएका पालिकाहरू१. मनाङको […]

इलामका दुई नगरमा गठबन्धन र दुईमा एमालेको अग्रता

इलाम, जेठ १ । इलामका ४ नगरपालिकाकाका मेयर र उपमेयरमा आधा गठबन्धन र आधामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिइरहेका छन्। अहिलेसम्म सूर्योदय नगरमा नेकपा (एकीकृत समाजवादी), इलाम नगरमा नेपाली कांग्रेसअघि छन् भने माई र देउमाई नगरमा एमालेका उम्मेदवारको अग्रता छ। सबैभन्दा चासोसाथ हेरिएको सूर्योदय नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेकपा (एस)का उम्मेदवार रणबहादुर राईले अग्रता लिएका […]

पोखरामा एमालेको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको प्रारम्भिक नतिजामा मेयरमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । पोखराको वडा १ र १२ को कुल १ सय ५० मत गणनाको प्रारम्भिक नतिजामा मेयर उम्मेदवार कृष्ण थापाले गठबन्धनका उम्मेदवारलाई पछि पार्नुभएको छ । कृष्ण थापाले ६१ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)बाट मेयरका उम्मेदवार धनराज आचार्यले ५० मत प्राप्त […]

दोलखाको वैतेश्वर गाउँपालिकामा एमालेको अग्रता

दोलखाको वैतेश्वर गाउँपालिकाको मतगणना अहिले जारी छ । पछिल्लो मतगणनाअनुसार ४१० मत गन्दा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार माधव घिमिरेले १५४ मत पाएका छन् भने काँग्रेसका छवि लामाले ११८ मत पाएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत (समाजवादी)का तर्फबाट गठबन्धनका उम्मेदवार लक्ष्मण खड्काले ११४ मत पाएका छन् ।त्यस्तै उपाध्यक्षमा एमालेका छवि लामा (सानो)ले ७० मत प्राप्त गरेका छन् भने काँग्रेसकी उम्मेदवार कल्पना उप्रेतीले १११ मत प्राप्त गरेकी छन् । गठबन्धनका उम्मेदवार कल्याण दाहालले ७३ मत प्र