लोकप्रिय मतसँगै एमाले र माओवादीको घट्यो सांसद सङ्ख्या

निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनको समानुपातिकतर्फको मत गणना सकिएको जनाएको छ । जसमा कूल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको आयोगको भनाइ छ ।निर्वाचन आयोगले आफ्नो आधिकारिक वेबसाइटमा राखेको समानुपातिक नतिजा अनुसार सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याएको छ । एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा अब उसका प्रतिनिधि सभाका सांसद ७८ जना हुने भएका छन् ।५ वर्ष अघि २०७४ को निर्वाचनमा नेकपा एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको

सम्बन्धित सामग्री

विकासे अजेन्डा पूरा गर्न सांसद गौतम अनशनमा

दुई कार्यकाल लागतार चुनाव जित्नेमध्येमा पर्छन्, बर्दिया क्षेत्र नं १ का सांसद सञ्जय गौतम। एमाले र माओवादीको गठबन्धन हुँदा तत्कालीन एमालेका शीर्ष नेता वामदेव गौतमलाई हराएर चुनाव जितेका सञ्जयको आफू दुई कार्यकाल सांसदको जिम्मेवारी रहँदासमेत विकासको अनुभूति ज...

गण्डकीको मुख्यमन्त्री बन्नेमा खगराज ढुक्क, माओवादीको पनि दाबी

१० पुस, पोखरा । काठमाडौंमा सत्ता समीकरणमा हेरफेरको असर गण्डकी प्रदेशमा पनि परेको छ । अब गण्डकी प्रदेशमा एमाले, माओवादी र राप्रपाको गठबन्धनले सरकार बन्ने देखिएको छ । २७ सांसद जितेको कांग्रेस र ८ सांसद जितेको माओवादी मिल्दा सहज ढंगले सरकार बन्थ्यो । माओवादी २२ सिट भएको एमालेतिर मिल्दा ६० सदस्यीय गण्डकी प्रदेशमा ३० जना […]

दुई दलले प्रमाणपत्र पाएसँगै सत्ता गठबन्धन बहुमतमा, एमाले ९८ सिटमा खुम्चियो

काठमाडौ – माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी एकीकृत समाजवादी बनाएसँगै सत्ता गठबन्धनलाई बहुमत पुगेको छ। नेपालसँग प्रतिनिधिसभाका २३ जना सांसद छन्। एमालेमै रहेको अवस्थामा नेपाल पक्षका २२ जनाले शेरबहादुर देउवालाई बहुमत पुर्‍याइदिएका थिए। अब प्रतिनिधिसभामा सत्ता गठबन्धनसँग कांग्रेसको ६३, माओवादीको ४९, एकीकृत समाजवादीको २३ र जसपाको २१ सहित १५६ सांसद पुगेका छन्। यसमा […]

किन एमाले र माओवादीको तानातानमा परिन् सांसद विमला वली ?

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तानातानमा परेकी छन् । प्रदेशसभाको नाजुक समीकरणका कारण उनी दुई दलको तानातानमा मात्र होइन, अपहरण तथा बन्धक सरह व्यवहार खेप्न पनि बाध्य भएकी छन् ।दलीय रुपमा निर्वाचित एउटा सांसद दुई दलको तानातानमा परेको घटना संसदीय इतिहासमा बिरलै पाइन्छ । प्रदेशसभा सदस्य विमला वली २०७६ मंसिर १४ गते सम्पन्न प्रदेशसभा उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उम्मेदवारका रुपमा दाङ क्षेत्र नम्बर ३ (ख) बाट विजयी भएकी हुन् । तर

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली माओवादीको सम्पर्कमा !

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली फेरि माओवादीको सम्पर्कमा पुगेको दावी गरिएको छ । एक हप्तादेखि माओवादी पार्टी र मिडियाको सम्पर्क बाहिर रहेकी वलीले आफू एमाले रहेको भन्दै सोमबार प्रेस विज्ञप्ति जारी गरेकी थिइन् । तर, बुधबार फेरि  पार्टीको सम्पर्कमा आएको र उनले आफू माओवादी सांसद नै कायम रहेको उनले बताएको माओवादी नेताहरुले दावी गरेका छन् ।सम्पर्कविहीन भनिएको वली आज दिउँसो माओवादी पाटीको सम्पर्कमा आएका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सुदर्शन वरालले  बताए । उनले भने,

सांसद ओली सम्पर्कमा आएको माओवादीको दाबी

बुटवल– लुम्बिनी प्रदेश सभाकी सांसद विमला खत्री ओली माओवादीको सम्पर्कमा आएको माओवादी नेताहरुले बताएका छन्। ओलीलाई नेपालगञ्ज जाने भनेर दाङबाट गाडी चढाएर बुटवल ल्याएर मुख्यमन्त्री निवासमा राखिएको र उनी मुख्यमन्त्री निवासबाट निस्केर माओवादीको सम्पर्कमा आएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले जानकारी दिइन्। उनका अनुसार ओलीलाई दबाबमा पारेर जबरजस्ती एमाले प्रवेश गरेको विज्ञप्ति निकाल्न […]

लुम्बिनीका अर्का सांसद पनि एमाले छाडेर आफ्नो पार्टीमा आएको माओवादीको दाबी

लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छाडेको दाबी माओवादीले गरेको छ । दाङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेश सांसद डाँगीले कुलप्रसाद केसीलाई समर्थन गरेको दाबी माओवादीका प्रदेश सांसदहरूले गरेका छन् । नाम नबताउने शर्तमा माओवादीका एक प्रदेश सभा सदस्यले भने, ‘अमरबहादुर डाँगीले कुलप्रसाद केसीलाई समर्थन गरिसक्नुभएको छ । उहाँ अब एमालेमा हुनुहुन्न, हामीसँग हुनुहुन्छ ।’ ती सांसदले थपे, ‘सांसद अहिले यताउता आउने जाने क्रम जारी छ । माननीय डाँगी अहिले माओ...

माओवादीले चार मन्त्रीलाई कारवाही गरेको पत्र सचिवालयमा, सांसद पद जाने [पत्रसहित]

नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका ४ मन्त्रीलाई सांसदबाट हटाउन संसद् सचिवालयमा पत्र दर्ता गराएको छ । स्थायी कमिटी बैठकको निर्णयानुसार पार्टी त्याग गरेर एमाले प्रवेश गरेका प्रतिनिधि सभाका ४ सदस्यलाई सांसद पदबाट पदमुक्त गर्न माओवादीले पत्र पठाएको हो । 'माओवादीको पत्र सचिवालयमा दर्ता भएको छ, अब ऐन/कानूनबमोजिम प्रक्रिया अगाडि बढाउँछौं,' संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने । उक्त जानकारी सभामुखले संसद् बैठकमा पेश गरेपछि ती सांसदहरू पदमुक्त हुनेछन् । ...