कञ्चनपुर : भीमदत्त नगरपालिकाले उल्टाखाममा यौन हिंसापीडित बालिकाका परिवारलाई ५ लाख नगद सहयोग दिने निर्णय गरेको छ। भीमदत्तका मेयर पदम बोगटीले बिहीबार पहिलो कार्यपालिका बैठकबाट सहयोग दिने निर्णय गराएका छन्।कार्यपालिका बैठकले पीडित बालिकालाई उच्च शिक्षासम्म अध्ययनको जिम्मा लिने निर्णय पनि गरेको छ। मेयरको सचिवालयका नायब सुब्बा नरेन्द्रदेव भट्टले कार्यपालिकाको पहिलो बैठकबाट नगद र शिक्षा अध्ययनको जिम्मेवारी लिने निर्णय गरिएको बताए।‘मुख्य रुपमा पीडित बालिकाका परिवारलाई सहयोग र शिक्षा अध्