प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले दोस्रो चरणको आन्दोलन गर्ने

काठमाडौं, २२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशनले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । बारले आइतबार विभिन्न इकाइसँग सुझाव माग गरेकोमा आज सोही विययमा भर्चुअल छलफल हुँदैछ । इकाइबाट आउने सुझावअनुसार बारले आन्दोलन अगाडी बढाउने जनाइएको छ । बार एसोसियशनले सर्वोेच्च अदालतमा ४ दिनसम्म […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश नियुक्त नगरिए थप आन्दोलन गर्ने बारको चेतावनी

काठमाडौँ : प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ।मंगलवार पनि नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै विरोध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए। उनले आन्दोलन एक हप्तासम्म जारी रहने बताए।उनले भने, ‘नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट फेरि सुरु

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ । कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन गर्ने थालेको हो  ।‘फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने’ महासचिव लीलामणि पौडेलले जानकारी दिए । उनका अनुसार गत २

नेपाल बार एशोसिएशनले आजबाट भौतिक रुपमा आन्दोलन गर्ने

काठमाडौं । नेपाल बार एशोसिएशनले पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन सुरु गर्ने भएको छ । कोरोनाका कारण रोकिएको आन्दोलन आजबाट भौतिक रुपमै सुरु गर्न लागिएको बारले जनाएको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले न्यायपालिकाको शुद्धिकरण र सुदृढीकरणका लागि भौतिक रुपमा नै आन्दोलन गर्ने बताउनु भएको छ । बारले १०५ दिन […]

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ। आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरेको हो। आन्दोलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै...

नेपाल बार र प्रधानमन्त्री देउवा बीच छलफल

नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलन बारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका थिए । छलफलपछि नेपाल बार […]

नेपाल बार एसोसिएसनको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन जारी छ ।प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार एसोसिएसनले निरन्तर आन्दोलन गरिरहेको छ । बिहीबार सर्वोच्च अदालत प्राङ्गणमा विरोधको कार्यक्रम गर्न पुगेको बारका पदाधिकारी लगायतका अधिवक्ताहरूलाई प्रहरीले बल प्रयोग गरी सर्वोच्च प्राङ्गणबाट बाहिर निकालेको छ । माइक राखेर कार्यक्रम गर्न खोज्दा प्रहरीले माइक हटाइ […]

प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन अझै चर्काउन पूर्व न्यायाधीशहरुको आग्रह

काठमाडौँ– सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन अझै चर्काउन नेपाल बार एशोसिएशनलाई आग्रह गरेका छन्। सर्वोच्च अदालतका पूर्वन्यायाधीशद्वय टोपबहादुर सिंह र बलराम केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदले महाअभियोग लगाउनुपर्ने धारणा समेत राखे। मंगलबार संवैधानिक कानुन व्यवसायी मञ्चले काठमाडौँमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वन्यायाधीश सिंहले राजीनामा माग्दा पनि बेवास्ता गरेको भन्दै प्रधानन्यायाधीश […]

प्रधानन्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलन तयारी गर्दै नेपाल बार

नेपाल बार एसोसिएसनले तिहार बिदाको समयमा पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको आन्दोलनको तयारीलाई निरन्तरता दिएको छ। तिहारअघि कालोपट्टी बाँधेर पहिलो चरणको आन्दोलन गरेको बारले दोस्रो चरणको आन्दोलनलाई निरन्तरता दिएको हो।नेपाल...

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने बारको निर्णय

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्न चेतावनी दिएको छ । नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको मंगलबार बसेको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै उनले राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको हो । बार एशोसिएसनले मंगलबार विज्ञप्ति जारी गरी भनेको […]