प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट फेरि सुरु

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ । कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन गर्ने थालेको हो  ।‘फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने’ महासचिव लीलामणि पौडेलले जानकारी दिए । उनका अनुसार गत २