१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिलाई पहिचानसहितको नागरिकता दिलाउने व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गरेको छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष व्यवस्था गर्दै राज्यका संरचनामा समानुपातिक सहभागिता पनि सुनिश्चित गर्ने वाचा माओवादीले आफ्नो घोषणापत्रमा गरेको छ ।