पश्चिम नवलपरासीमा जग्गा कारोबारमा साढे दुइ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् । काठमाडौं–१६ घर भएकी ५४ वर्षीय बिमला श्रेष्ठलाई पक्राउ गरिएको हो । उनलाई बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार नवलपरासीमा जग्गा बिक्री नगद २ करोड ५६ लाख रुपैयाँ ठगी गरेर फरार रहेकी श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानका लागि पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । पश्चिम नवलप