गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पशुपति क्षेत्रमा १०० कोठे सुविधा सम्पन्न वृद्धाश्रमको निर्माण गर्न सक्रियता बढाएको छ । सोमबार सम्पन्न नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले वृद्धाश्रमको निर्माण गर्ने यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । जसअनुसार यस परियोजना सम्पन्न गर्नको लागि नवनिर्वाचित अध्यक्ष कूल आचार्यको १ करोड सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट २ करोड ५६ लाख ५० हजार २२२ गरी जम्मा तीन करोड छपन्न लाख