मनाङमा ३८ योजना निर्माण सम्पन्न

मनाङ । हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा ३८ योजना निर्माण सम्पन्न भएका छन् । सो आवमा सुरु गरिएका पाँच योजना निर्माण सम्पन्न हुन बाँकी छन् । पूर्वाधार विकास कार्यालयका अनुसार पाँचै योजनाको रकम फ्रिज भएको छ । बजेट विनियोजन भए पनि समयमा निर्माण प्रक्रिया नथाल्दा रकम फ्रिज भएको कार्यालय प्रमुख जय विष्टले जानकारी […]

सम्बन्धित सामग्री

तिलामा १६१ योजना निर्माण

जुम्लाको तिला गाउँपालिका भौतिक पूर्वाधार विकासमा अब्बल देखिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये तिला पूर्वाधार विकासमा अब्बल देखिएको हो । तिलाले आफ्नै दुईवटा प्रशासकीय भवन निर्माण गरेको छ । एउटा व्यावसायिक प्रयोजनले बनाएको भवन निर्माण सम्पन्न भएको छ भने नयाँ भवन अन्तिम चरणमा छ । संघीय विशेष तथा समपुरक अनुदान अन्तर्गतको आठ करोड दुई […]

खानेपानी, सिचाँइ र नदी नियन्त्रणका १८१ योजना निर्माण

जुम्लामा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जा विकासका झण्डै १ सय ८१ भन्दा बढी योजना निर्माण सम्पन्न भएका छन् । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले गत आव २०७८/०७९ मा १ सय ८१ वटा योजना निर्माण सम्पन्न गरेको हो ।कुल २ सय २३ वटा योजनामध्य चालू आवमा लक्ष्यअनुसार काम भएका १ सय ८१ वटा […]

तनहुँ घिरिङका ११६ घर परिवार खानेपानी योजनाबाट लाभान्वित

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–४ नयाँटारमा निर्माण सम्पन्न भएको खानेपानी योजनाबाट एक सय १६ घरधुरी लाभान्वित भएका छन् । गोरखा वेलफेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न नयाँटार खानेपानी तथा सरसफाइ आयोजनाबाट एक सय १६ घरधुरीमा पानीको सुविधा पुगेको हो । रु ८२ लाख १५ हजार चार सय ६१ को लागतमा योजना निर्माण […]

त्रियुगामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पाँच दर्जन योजना

चालु आर्थिक वर्ष सदरमुकाम त्रियुगा नगरपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत झण्डै ५ दर्जन योजना सम्पन्न हुँदा साढे ५ सय बढीले न्यूनतम पारिश्रमिकमा रोजगारी पाएका छन्। नगरपालिकाका १६ वडामध्ये १० वटामा विभिन्न ५४ योजना निर्माण सम्पन्न भएको नगरपालि...

जिल्लाकै गौरव चौबाटार सिँचाइ योजना निर्माण सम्पन्न, २२० परिवार लाभान्वित

चैत २५, अर्घाखाँची । अर्घाखाँचीकै गौरवको योजनाका रुपमा रहेको चौबाटार सिँचाइ योजना निर्माण सम्पन्न भएको छ ।  छत्रदेव गाउँपालिका–ठूलापोखरास्थित उक्त सिँचाइ योजना सम्पन्न भएपछि चौवाफाँट र आसपासका कृषकलाई राहत मिलेको छ ।   सिँचाइ आयोजनाको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उद्घाटन गरे । सिँचाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री रानाले सबै कृषकलाई व्यावसायिकरुपमा कृषि कर्ममा लाग्न आग्रह गरे । उनले सरकारको लगानीमा निर्माण भएका भौतिक संरचनाको स्थानीयले संरक्षण गर्नुपर्नेमा जोड दिए ।  सिँचाइ योजनाबाट २२० परिवारका एक हजार ४५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । जरेखोला मिलमिलेबाट सेरीखोलासम्म आठ हजार २०० मिटर लम्बाइको सिँचाइ योजना रू. आठ करोड ३९ लाखको लागतमा सम्पन्न भएको सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख इञ्जिनीयर विष्णु भण्डारीले बताए ।  विसं २०४३ देखि कुलो निर्माणका लागि स्थानीयले माग गर्दै आएपनि  ३६ वर्षपछि माग पूरा भएको छ । रासस

हिमामा एकै वर्ष २१ करोडका १८० योजना सम्पन्न

जुम्लाको हिमा गाउँपालिकाले एकै वर्षमा १ सय ८० वटा योजना निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा हिमाले १ सय ८० वटा योजना निर्माण सम्पन्न गरेको हो । गाउँपालिकाका १ देखि ७ नम्बर वडामा सडक, विद्युत, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी भवन, प्रहरी चौकी भवन, काठेपुल, मठमन्दिरलगायतका विभिन्न योजना निर्माण भएका छन् ।आर्थिक वर्ष […]

२८ करोड ३५ लाखमा सिंचाइ योजना निर्माण

गणेश घिमिरे, इलाम । जिल्लाको चुलाचुली गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा सिंचाई सुविधा उपलव्ध गराउने उद्देश्यले रतुवा खोला सिंचाई योजना निर्माण सम्पन्न भएको छ । सिंचाई विकास डिभिजन कार्यालय इलाममार्फत रतुवा खोलामा बाँध निर्माण गरी चुलाचुलीका तीनवटै वडामा चार सय ५० हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गराउन उक्त योजना निर्माण गरिएको […]

प्रोकमा लघुजलविद्युत योजना निर्माण सम्पन्न

गोरखाको चुमनुब्री गाउँपालिका–४ मा प्रोक लघु जलविद्युत योजना निर्माण सम्पन्न भएको छ । केन्द्रिय प्रसारण लाइन नपुगेको प्रोकमा ८० किलोवाट क्षमताको लघु जलविद्युत योजनाबाट बिजुली निकालिएको हो । कादुरी एग्रिकल्चरल एड् एसोसियसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लघुजलविद्युत योजना निर्माण गरिएको हो । स्थानीय दामदग खोलाबाट निकालिएको बिजुली प्रोक, गाप, छाक, क्वाक, भुर […]

पञ्चेश्वर गाउँपालिकामा साढे तीन करोडको खानेपानी योजना निर्माण सम्पन्न

जेठ २४, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा साढे तीन करोडभन्दा बढीका खानेपानी योजना सम्पन्न भएका छन् ।  चालू आर्थिक वर्षभित्र गाउँपालिकाका चार, पाँच र छ नम्बर वडामा ३ करोड ५५ लाख ५५ हजार ५८४ लागतमा चार ओटा खानेपानी योजना सम्पन्न भएका छन् । अझै प्रदेश र संघबाट सञ्चालन भएका योजना सम्पन्न हुने तयारीमा छन् । गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको संयुक्त लगानीमा सो योजनाहरु सम्पन्न गरिएका परियोजनाले बताएको छ । परियोजना नेपाल सरकारमार्फत सञ्चालन गरिएको हो । सम्पन्न गरिएका खानेपानी योजनामा सोलार लिफ्ट प्रविधि र सिधै मुलबाट पनि ल्याइएको छ ।  यि योजनाबाट तीन वडाका २७८ घरपरिवार लभान्वित भएका छन् । घरपरिवार बाहेक गाउँपालिकाको कार्यालय, एक विद्यालय र एक स्वास्थ्य चौकीमा पनि सार्वजनिक धारा र सिँचाई धारा, सिँचाई पोखरी निर्माण गरिएको परियोजनाले जानकारी दिएको छ । जनसंख्याको अधारमा कुनै योजनाबाट एक घर एक धारा त कुनै योजनाबाट सार्वजनिक धारा निर्माण गरिएको छ ।  यस परियोजनालाई फिनल्यान्ड सरकारले पनि अर्थिक सहयोग गरिरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना बैतडीका प्राविधिक दीर्घ पाण्डेले बताए । उनले भने ‘चारओटै योजना नेपाल सरकार, फिनल्याण्ड सरकार, गाउँपालिका र उपभोक्ताको जनश्रमदानबाट निर्माण गरिएका छन्’ । गाउँपालिका नजिकै महाकाली नदी बगरिहे पनि याहाँका जनातालाई खानेपानीको अभाव थियो । जनताको यहि अभावलाई हटाउनको लागि गाउँपालिका लागिरहेको छ । गाउँपालिकाले गाउँपालिका भित्र स्वच्छ खानेपानी पुयाउन गाउँपालिकामार्फत सम्पन्न गर्न सकिने योजनालाई गाउँपालिकाले निर्माण गरेको र बाँकी ठूला योजनाको लागि प्रदेश, संघ र विभिन्न संघ सस्थामार्फत सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष गोरख बहदुर चन्दले बताए । अहिले गाउँपालिकाका सबै वडमा प्रदेश, केन्द्र र गाउँपालिकामार्फत पनि योजना सञ्चालन भइरहेको गाउँपालिकाले बताएको छ । धेरै ठाउँमा योजना सम्पन्न भइसकेका छन् । गाउँपालिका भित्रका ८० प्रतिशत जनता स्वच्छ खानेपानीको पहुँचमा रहेको गाउँपालिकाले बताएको छ । गाउँपालिकामा छरिएर बसेका घरधुरी र स्वच्छ खानेपानीको पहँुचबाट टाँढा रहेका घरधुरीलाई स्वच्छ सफा खानेपानीको व्यवस्था गर्ने उद्देश्यले योजना सम्पन्न गरिएको योजनाले बताएको छ । पुराना पानीका मुल सुकेर पनि अहिले गाउँपालिकाका जनतालाई खानेपानीको समस्या भएको देखिएको स्थानीय बताउँछन् । गाउँपालिकाले नयाँ योजना निर्माणका सँगसँगै पुराना पानीका मुहानलाई संरक्षण गर्न नसके भाबी दिनमा महाकाली नदी बाहेक अरु सबै मुहान सुकेर जाने स्थानीयको भनाइ छ । अहिले गाउँपालिकाको पुराना मुहान संरक्षणभन्दा पनि नयाँ योजना निर्माणमा बढि ध्यान गएको पाइन्छ । पञ्चेश्वर मात्र नभएर जिल्लाका अरु स्थानिय तहको पनि यहि अवस्था रहेको छ ।

एघार करोडको लागतमा सिँचाइ योजना निर्माण

कपिलवस्तुको बाणगंगा नदीमा ११ करोडको लागतमा बाँध निर्माण सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको वडा नम्बर ५ र ६ को आठ सय हेक्टर भूमिमा सिँचाई हुने गरी प्रगति चार मौजा सिँचाइ योजना निर्माण सम्पन्न भएको हो ।