कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेवमा बहुसांस्कृतिक संग्रहालय निर्माण सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको चार करोडको लगानीमा ब्रह्मदेवमा सुदूरपश्चिमको कला संस्कृति संरक्षण गर्न उद्देश्य स्वरूप बहुसांस्कृतिक संग्रहालय निर्माण सम्पन्न भएको हो ।सुदूरपश्चिम प्रदेशभरि रहेका नौवटै जिल्लाका भेषभूषालाई संरक्षण गरी अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रचार–प्रसार गर्न कञ्चनपुर जिल्लाको उत्तरी क्षेत्र ब्रह्मदेवमा संग्रहालय निर्माण भएको […]