राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण सम्पन्न भएको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सडकखण्ड नेपाली सेनाले निर्माण गरेर सडक विभागलाई हस्तान्तरण गरेको हो ।नेपाली सेनाले जिम्मा लिएको सात वर्षपछि निर्माण सकिएको हो । विसं २०७१ चैत ५ गतेदेखि काम शुरु गरेको नेपाली सेनाले सो सडकखण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई असार ३१ गते हस्तान्तरण गरेको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको