केही दिनयता डोल्पाका मस्टा देवताको मन्दिरमा सर्वसाधारणको भिड लागिरहेको छ । हरेक वर्ष साउन पूर्णिमा र विजया दशमीको अवसरमा यहाँका मस्टा मन्दिरहरूमा यसरी नै भिड लाग्छ ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित गल्ली र छलमा...
१९९४ मा वनस्पति फाँट, १९९८ मा वनस्पति गोश्वारा हुँदै २०१६ मा वनस्पति विभागको स्थापना गरी नेपालमा वनस्पति विज्ञानको अध्ययन, अनुसन्धान, पहिचान, अभिलेखीकरण र सदुपयोग गर्न सरकारी पहल भइरहेको छ । प्रयागराज पाण्डे (वनस्पति विभागका प्रथम महानिर्देशक) ले स्थापनाकालदेखि करीब १० वर्षसम्म यसको जग थाप्नुभयो । मुख्यत: बोटानिस्ट, केमिस्ट र फर्मासिस्टहरूको सामूहिक प्रयासमा वनस्पति विभागको निर्माण भएको हो । २०१९ मा राष्ट्रिय वनस्पति उद्यान गोदावरी ललितपुरमा स्थापना भयो । वनस्पतिहरूको संरक्षण, नेपालमा पहिलोपटक टिस्यु कल्चर प्रविधिको शुरुआत, स्यान्ड रुटिङजस्तो न्यून लागत प्रविधिको विकासबाट कृषि तथा पुष्प व्यवसायको शुरुआत वनस्पति विभागबाटै भएको हो । यसैगरी नेपालको सबैभन्दा ठूलो र पुरानो वनस्पति संग्रहालय राष्ट्रिय हर्बेरियमको स्थापना र नेपालका वनस्पतिहरूको वैज्ञानिक विवरणको संग्रह (नेपाल फ्लोरा) प्रकाशनसम्बन्धी कार्य वनस्पति विभागले गरेको देखिन्छ । यसैगरी प्रयागराज पाण्डेको प्लान्ट टु प्रडक्ट अवधारणामा मणिचुड, शिवपुरी, दामन, टिस्टुङ, हेटौंडा, तामागढी, धरान, तरहरा, कोइलावास, नेपालगञ्ज, कञ्चनपुर हर्बल फार्महरूको स्थापना, र (प्रशोधन गरी उद्यम व्यापार गर्न) व्यापारिक केन्द्रहरू पनि खोलिएका थिए ।
६३ वर्षको यो यात्रामा हालको औषधि व्यवस्था विभाग, नेपाल औषधि लिमिटेड र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड वनस्पति विभागबाटै सृजित भएका हुन् । २०४५ सालमा वनस्पति र वन अनुसन्धान तथा सर्वेक्षण विभागलाई गाभेर वन तथा वनस्पति अनुसन्धान विभाग खडा गरियो । २०५० सालमा पुन: वनस्पति विभागको स्थापना भयो । २०५६ र २०७५ सालको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) अनुसार यसको कर्मचारी दरबन्दी संख्या घटेको भए पनि वनस्पति विभागलाई विलय हुनबाट बचाइयो । तर, विभागको राष्ट्रिय तथा अन्तरराष्ट्रिय भूमिका र जिम्मेवारी भने बढ्दो छ । जीवनका लागि वनस्पति भन्ने मूलमन्त्र रहेको वनस्पति विभाग साइटिस महासन्धिको वनस्पति हेर्ने आधिकारिक वैज्ञानिक निकाय हो भने ग्लोबल ट्याक्सोनोमी इनिसिएटिभ (जीटीआई) नेपालको सचिवालय र नेपालको जैविक सुरक्षासम्बन्धी फोकल प्वाइन्ट हो ।
विभागअन्तर्गत हाल तीनओटा केन्द्रीय स्तरका कार्यालयहरू राष्ट्रिय वनस्पति उद्यान, राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला गोदावरी, ललितपुर र प्राकृतिक सम्पदा अनुसन्धानशाला, काठमाडौं रहेका छन् । यसैगरी इलाम, धनुषा, मकवानपुर, बाँके, सल्यान, जुम्ला, कैलाली रहेका ७ वटा अनुसन्धान केन्द्रहरू छन् । समग्रमा १२ ओटा वनस्पति उद्यानहरूले हिमाल, पहाड र तराईका पारिस्थितिक प्रणालीहरूलाई प्रतिनिधित्व गर्दै स्वस्थानीय र परस्थानीय वनस्पति संरक्षण, जडीबुटीको खेती प्रविधि विकास र विस्तार, अनुसन्धान तथा शिक्षामा टेवा पुर्याइरहेका छन् । हुलाक सेवा विभागको सहकार्यमा १०० भन्दा बढी वनस्पतिका हुलाक टिकटहरू प्रकाशित गरेको छ । पछिल्ला वर्षहरूमा वनस्पति विभाग (साधारण), जडीबुटी विकास कार्यक्रम र वनस्पति अनुसन्धान, संरक्षण तथा उद्यान विकास कार्यक्रमहरू सञ्चालित छन् ।
हालसम्म नेपालमा ५,३३५ फूल फुल्ने र ६,०५८ फूल नफुल्ने गरी कूल ११,३९३ वनस्पतिहरू अभिलेखीकरण गरिएका छन् । यीमध्ये २९३ फूल फुल्ने र २४९ फूल नफूल्ने रैथाने (इन्डेमिक) वनस्पतिहरू नेपालमा मात्रै पाइन्छन् । यीमध्ये ८१९ ओटा औषधीय वनस्पतिहरू छन् । व्यापारमा जाने करीब १८० छन् र नेपाल सरकारले आर्थिक विकासका लागि प्राथमिकतामा पारेका ३३ ओटा जडीबुटी छन् । १० ओटा जडीबुटीको असल खेती तथा संकलन अभ्यास मापदण्ड तयार भइसकेको छ भने टिमुर र मेन्थाको जडीबुटी बीमालेख तयार भइसकेको छ । १८ ओटा हर्बल प्रोडक्ट (अत्तर, चिया, साबुन, स्यानिटाइजर, स्याम्पु, टूथपेस्ट) को प्रोटोटाइप तयार भइसकेकोे छ ।
वनस्पति विभागको ६३ औं वार्षिकोत्सव तथा २४ औं वनस्पति दिवस यही चैत २९ गते मनाइँदै छ । यस वर्षको नारा ‘जलवायु परिवर्तन एक चुनौती, समाधानका लागि वनस्पति’ भन्ने रहेको छ । २०६६ सालदेखि नेपालका वनस्पतिको संरक्षण, अनुसन्धान र सदुपयोगमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई राष्ट्रिय वनस्पति पुरस्कारबाट सम्मान गर्ने गरिन्छ । शुरूमा रू. १ लाख राशिको यो पुरस्कारलाई हाल रू. २ लाखको बनाइएको छ । साथै सरोकारवालाहरूलाई विभागका क्रियापलापहरूको जानकारी दिने, पूर्व र विद्यमान कर्मचारीहरूबीच भेटघाट तथा अनुभव साट्ने एउटा दिवस पनि हो ।
जैविक विविधता महासन्धि, विश्व बौद्धिक सम्पत्ति संगठन र विश्व व्यापार संगठनको सदस्य राष्ट्र नेपालका खानयोग्य जंगली फल तथा कन्दमूल, जडीबुटी तथा सुगन्धित वनस्पतिहरू तुलनात्मक लाभका क्षेत्रहरू हुन् । अनि यिनको संरक्षण, परम्परागत ज्ञान अभिलेखीकरणको अतिरिक्त सदुपयोग तथा व्यवसायीकरणका लागि सक्षम मानव स्रोत, गुणस्तरीय कच्चापदार्थकोे निरन्तर उपलब्धता, प्रशोधन र भण्डारण प्रविधिको विकास र हस्तान्तरण, पारदर्शी रूपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहकार्य आवश्यकता पर्छ । बजार व्यवस्थाअन्तर्गत प्रमाणीकरण भएका प्रयोगशालाहरू, गुण नियन्त्रण इन्नोभेशन, प्याटेन्टिङ र रोयल्टीको प्रावधान जरुरी छ । साथै सरकारबाट उत्पादनमा आधारित अनुदान तथा सहुलियत ऋण दिनु, खुला सीमाका कारण हुने गैरकानूनी व्यापार नियन्त्रण गर्नु आजको आवश्यकता हो । ज्ञान, शीप र प्रविधि विकासबाट वृद्धि भएको उत्पादन तथा उत्पादकत्व, राजस्व, रोजगारी, प्रकाशन र प्याटेन्टिङ, प्रगति मापनका आधारहरू हुनेछन् । यसैगरी अग्र्यानिक खेती प्रमाणीकरण तथा दिगो संकलन प्रमाणीकरण, सारतत्त्व विश्लेषण तथा प्रमाणीकरणमा विशेष ध्यान दिनुपर्छ । यसका लागि तीनै तहका सरकारहरूले वनस्पति तथा जडीबुटीहरूलाई सदुपयोग गर्ने पाठ्यक्रम लागू गर्ने र अनुसन्धानमा लगानी बढाउनैपर्छ ।
न्यून सेवासुविधा र वृत्ति विकासका कारण उच्च मनोबल नभएका मानवीय स्रोत, त्यो पनि न्यून संख्या अनि कार्यालय समयमा सीमित हुने कार्यशैलीले अपेक्षित परिणाम दिन सक्दैन । यसको समाधानका लागि राजनीतिक प्रतिबद्धता र विश्वास, वनस्पति विभागमा हाल रहेका प्राविधिक तथा वैज्ञानिकहरूको तेब्बर संख्यामा दरबन्दी सृजना, मौद्रिक तथा गैरमौद्रिक प्रोत्साहनमा उदार हुने र वनस्पतिका माध्यमबाट हालको व्यापारघाटा घटाउन सक्ने ठोस कानूनको आवश्यकता छ । यो माग र आवश्यकतालाई सम्बोधन गर्न वनस्पति ऐन तुरुन्तै जारी गर्नैपर्छ, जसका लागि वर्षौंदेखि माग भइरहेको छ ।
लेखक वनस्पति विभाग, काठमाडौंका वैज्ञानिक अधिकृत हुन् ।
-सुदिप शर्मा : लोकतान्त्रिक राज्य व्यवस्था एवं मूल्य पद्धतीको स्थापनाका लागि २००३ सालदेखि प्रारम्भ भएको नेपाली कांग्रेसको आन्दोलनको मूल वैचारिक आधार ग्रहण गर्दै २००७ सालको जनक्रान्तिद्धारा स्थापित लोकतान्त्रिक अधिकारको प्रयोगद्धारा वर्षौदेखि जरो गाडेर बसेको सामन्ती परिपाटी र संस्कारका विरूद्ध मुलुकलाई आर्थिक, सामाजिक क्रान्तिको बाटोबाट लोकतान्त्रिक एवं समतामूलक संस्कृतियुक्त राज्य व्यवस्थातर्फ लैजान जननायक बी. पी. कोइरालाको […]
मुलुकले ऋण काढेर बनाएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनि चोभारस्थित सुक्खा बन्दरगाह आयोजनाका सुरुवाती दिनहरू अन्योलपूर्ण छन् । आयोजना निर्माण पूर्व बाँडिएका सपना छेउटुप्पो पूरा नहुने संकेत देखिंदै गर्दा यिनको भविष्य झनै अनिश्चित देखिन्छ ।
प्राकृतिक स्रोत साधनले निकै भरिपूर्ण भए पनि हामी पूर्वाधार विकासका हिसाबले धेरै नै पछि परेका छौँ । सङ्कटबाट समुन्नतितर्फको यात्राको कुरा गरिरहँदा हामीले विगत, वर्तमान र भविष्य गरेर तीन चरणमा व्याख्या गर्नुपर्छ ।
विगतमा के भयो र के हुन सकेन, वर्तमानमा के भइरहेको छ र भविष्यका लागि के गर्नुपर्छ भन्नेबारे छलफल गरेर त्यसैअनुसारको परिकल्पना र त्यसलाई साकार रूप दिन हामी पछि परेका छौँ । तथापि अब हामीसँग भएको इच्छाशक्ति र स्रोत साधन उपयोग हुने चरणमा रहेकाले समृद्धिको क्षितिजमा उज्यालो देखिने आशा बढेको छ ।
अवसर पाएर प...
स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रम परिमार्जन गरी नेपाली भूगोल सुहाउँदो, व्यवहारिक र समयसापेक्ष बनाउन जरूरी छ । व्यावसायिक कृषि शिक्षासँगै हाम्रा मौलिक र परम्परागत कृषि पद्धति, स्थानीय एवम् रैथाने ज्ञान, सीप, स्रोत र साधनको पनि उचित उपयोग र सम्वर्द्धनको बारे पनि विश्वविद्यालयहरूमा खोजी र अध्ययन हुन जरूरी देखिन्छ ।
एजेन्सी – पेड्रीसँग गत साता सम्झौता नविकरण गरेको बार्सिलोनाले अबको केहि दिनमा आन्सु फातीले पनि नयाँ सम्झौता गर्ने अपेक्षा राखेको छ । फाती र क्लब दुई पक्षबीच सम्झौता नविकरणका लागि सैद्दान्तिक सहमति भएको बताइएको छ । नयाँ सम्झौता पाँच वर्षको हुनेछ । सोही अनुरुप भएको खण्डमा फाती सन् २०२७ सम्मा बार्सिलोनामा हुनेछन् । बार्सिलोनाले उनलाई […]
नेपालका विभिन्न दलहरुले गरेका आन्दोलन र त्यसकै जगमा शिखर चुमेका पार्टीहरूको अन्तर्कथा विचित्रको छ । ७/८ दशक पार गरिसकेका यी दलहरूको प्रयत्नले पनि देशको अवस्था सुध्रिन सकेको छैन । आफैं सुदृढ हुनुको सट्टा विघटन र विसर्जनतिर उन्मुख हुन लागेको देख्दा नेपाली जनता निराश छन् ।यसको कारण र कार्यबारे कुुनै दिन मूल्यांकन हुुने नै छ । अहिले हाम्रो मुलुकका प्रमुख पार्टीहरूको वर्तमान अवस्थाका बारेमा निष्पक्ष चर्चा गर्न खोजिएको मात्र हो । यसले यिनको विगत, वर्तमान र भविष्य वारे पछिल्लो पिढीलाई अनुमान गर्न सजिलो