शुक्रबार सम्पन्न तेस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि सञ्चाचारिका समूह रुपन्देहीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पा लाई ३–० गोल अन्तरले पराजित गर्दै संचारिका समूहले उपाधि हात पारेको हो ।उपाधिसँगै सञ्चाचारिकाले नगद १२ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । सिद्धबाबा मन्दिर विकास समितिको टिम उपविजेता बन्दै नगद ६ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा सञ्चारिका समूह