हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ १४ गते आइतवार बुक क्लोज गर्दैछ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।  लाभांश पारितका लागि कम्पनीले माघ २५ गते काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याङ्कवेटमा ३० औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६ दशमलव ३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षको लागि र रिक्त संस्थापक सञ्चालकको पदमा भएको नियुक्तिको बाँकी अवधिको लागि अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

सम्बन्धित सामग्री

स्वाभिमान लघुवित्त सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

काठमाडौं । तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवारसम्म रहेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने दिन बिहीवार हो । यी तीन ओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ३ गते बुक क्लोज गरेसँगै भोलि अर्थात् चैत २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ११ गते साधारण सभा बोलाएको छ । सभा डार्सिज इन्टरनेशनल होटल बुटवल, रुपन्देहीमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिइएको छ ।  त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले शेयरधनीलाई गत आवको मुनाफाबाट २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले यो प्रस्ताव चैत २९ गते हुने साधारण सभामा पेश गर्नेछ । सभा बानेश्वर ब्यांक्वेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले चैत १६ गतेको साधारण सभामा यो प्रस्ताव प्रस्तुत गर्नेछ । सभा दियालो लर्डस प्लाजा वीरगञ्ज पर्सा नेपालमा दिनको १२ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।