काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २९औं वार्षिक साधारण सभा चैत २९ गते बोलाएको छ । सभा बानेश्वर ब्यांक्वेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको हो ।
सभामा २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव १४ प्रतिशत नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ । त्यस्तै त्यस्तै संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ३ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत २ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । फागुन २३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।