काठमाण्डौ — सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वदेशमै रोजगारी सिर्जना गर्नेदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि गरिएका श्रम समझदारीको पुनरावलोकन गर्ने र आकर्षक रोजगारीको गन्तव्य खोज्नेसम्मका कुरा समावेश गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र देशभित्रै रोजगारी सृजनाको लागि सरकारले लिएको नीतिबारे जानकारी दिनुभएको हो ।
सरकारको नीति तथा कार्यक्रममा श्रमको सम्मान र मर्यादित श्रमसहित...