जेडएस ईभीको नयाँ जेनेरेशन मोडलमा ब्यापक परिवर्तन

काठमाडौं । नेपाली बजारमा अहिलेसम्मकै सर्वाधिक सफल मध्येको एक इलेक्ट्रीक एसयूभी एमजी जेडएस ईभीको नयाँ जेनेरेशन मोडलको बाहिर आएको छ । अहिलेको तुलनामा अगाडिको डिजाइनमा ब्यापक परिवर्तन भएको नयाँ जेनेरेशन जेडएस ईभी निकै आकर्षक देखिएको छ । चिनियाँ कम्पनी एसएआईसी ग्रुपले पहिलो पटक सन् २०१८ को ग्वान्जाओ अटो शोमा जेडएस ईभी देखाएको थियो । सन् […]

सम्बन्धित सामग्री

बाहिरियो नयाँ जेडएस ईभीको तस्बिर, प्लेटफर्म पनि परिवर्तन

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आफ्नो सफल एसयूभी जेडएसको दोस्रो जेनेरेशन मोडल ल्याउने भएको छ । कारस्कुप डटकमले प्रकाशित गरेको तस्विर अनुसार जेडएसको नयाँ मोडलमा धेरै परिवर्तन देख्न सकिन्छ । नेपाल, भारत तथा युरोपियन देशहरुमा राम्रो संख्यामा बिक्री भइरहेको जेडएस ईभी पहिलो पटक सन् २०१६ को ग्वान्झओ अटो शोमा देखाइएको थियो । कम्पनीले यसको बिक्री […]

एमजी जेडएस इभीको बुकिङ खुला

काठमाडौं । नेपालका लागि एमजी भेइकलको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेडएस इभीको प्रि–बुकिङ खुला गरेको छ । यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्यूएचको ब्याट्री क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । सुरक्षाका लागि यसमा ६ ओटा एयर ब्याग, इएसपी, इएबी, एचडीसी, अटो होल्ड जस्ता फिचर राखिएको कम्पनीको भनाइ छ । दुईओटा भेरियन्टमा उपलब्ध यस एसयूभीको कम्फर्ट भेरियन्टको मूल्य रू. ४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरियन्टको मूल्य रू. ५२ लाख ४९ हजार राखिएको कम्पनीले जानकारी दिएको छ । वैशाखदेखि उपभोक्तालाई डेलिभरी गर्न शुरू गरिने भनिएको यस एसयूभीलाई रू. १ लाख अग्रिम भुक्तानी गरेर प्रि–अर्डर अथवा बुक गर्न सकिने बताइएको छ ।

एमजीले खोल्यो जेडएस ईभीको बुकिङ, यस्तो छ मूल्य

काठमाडौं । नेपालमा सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी एमजी जेडएस ईभीको बुकिङ खुल्ला भएको छ । एमजीको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले जेडएस ईभीको लङ रेन्ज मोडलको बुकिङ खुल्ला गरेको हो । कम्पनीले जेडएस ईभीको लङ रेन्जको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो । यसको लङ रेन्ज मोडलमा ७२.६ किलोवाट आवरको […]