काठमाडौं । नेपालका लागि एमजी भेइकलको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेडएस इभीको प्रि–बुकिङ खुला गरेको छ । यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्यूएचको ब्याट्री क्षमता रहेको कम्पनीले जानकारी दिएको छ ।
सुरक्षाका लागि यसमा ६ ओटा एयर ब्याग, इएसपी, इएबी, एचडीसी, अटो होल्ड जस्ता फिचर राखिएको कम्पनीको भनाइ छ । दुईओटा भेरियन्टमा उपलब्ध यस एसयूभीको कम्फर्ट भेरियन्टको मूल्य रू. ४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरियन्टको मूल्य रू. ५२ लाख ४९ हजार राखिएको कम्पनीले जानकारी दिएको छ । वैशाखदेखि उपभोक्तालाई डेलिभरी गर्न शुरू गरिने भनिएको यस एसयूभीलाई रू. १ लाख अग्रिम भुक्तानी गरेर प्रि–अर्डर अथवा बुक गर्न सकिने बताइएको छ ।