गण्डकी प्रदेश सरकारद्वारा सवारी साधन हस्तान्तरण

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीसहित मातहतका कार्यालयलाई आवस्यक सवारी साधन उपलब्ध गराएको छ । प्रदेशमा शान्ति सुरक्षा र अमनचयन कायम राख्नका लागि प्रहरीलाई आवश्यक सवारी साधन प्रदेश सरकारले उपलब्ध गराएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीलाई बिहीबार विभिन्न प्रकारका सवारी साधनहरु एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।  सवारी साधान हस्तान्तरण समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको सफलता शान्ति सुरक्षा र