नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरूलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । ४३ औँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्र बाटो बिराएकाहरूलाई मिलेर काम गर्न आग्रह गरे । नेकपा एमालेको ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरूलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणबारे माधव नेपाल पक्षका सांसदहरूले जवाफ दिनु अघि नै पार्टी अध्यक्ष ओलीले एकताका लागि सबैलाई कारबाही नगरी माफी दिने बत