खेलकुदमा चासो राख्ने जोकोहीका लागि प्रतिभा माली चरिपरिचित नाम हो ।
भलिबलकी राष्ट्रिय खेलाडी प्रतिभा एक दशकभन्दा लामो समयदेखि देशको प्रतिनिधित्व गरेर खेलिरहेकी छिन् ।
७ वर्षको उमेरदेखि भलिबलमा लागेकी प्रतिभा कक्षा ८ मा पढ्दा नै राष्ट्रका तर्फबाट प्रतिनिधित्व गर्न सफल भएकी थिइन् ।
आफ्नो जीवनमा भलिबल र स्कूलबाहेक केही नरहेको बताउने प्रतिभा न्यू डाइमन्ड स्कूलका प्रिन्सिपल तथा कोच कुमार राईको प्रोत्साहनलाई खेलमा लाग्नुको मुख्य कारण मान्छिन् ।
प्रतिभाको शरीरमा नसा–नसामा भलिबल बग्छ । ‘सपनामा समेत भलिबल खेलेको द...