१० असार, काठमाडौं । नेपाली सेना र दैलेखको इतिहाससँग जोडिएको सुन्दरी तोप ५१ वर्षपछि दैलेखको कोतगढीमै फर्काइएको छ । २०२८ सालको भोकभरीपछि दैलेख सदरमुकामस्थित ज्वाला दल गण सुर्खेतमा सार्दा गणमा भएको सुन्दरी र अर्गा तोप पनि सुर्खेत नै लगिएको थियो । सुन्दरी तोपलाई बिहीबार बाजागाजा र झाँकीसहित दैलेखको नारायण नगरपालिका–१ स्थित कोतगढीमा फर्काइएको छ । […]