दैलेख : दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेख ल्याइएको छ। २०२८ सालमा दैलेखमा भोकमरी परेपछि यहाँ रहेको ज्वाला दल गुल्म सरेर सुर्खेत जाने क्रममा लगिएको सुन्दरी तोप पुनः दैलेख ल्याइएको हो।तोप स्थानीय सरकारको पहलमा दैलेख ल्याइएको नारायण नगरपालिका–१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताए। सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको जनश्रुति छ।संघीयतापछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातात्विक सम्पदाहरू ल्याउन