भरतपुरमा सिटी हल निर्माण कार्यले गति लियो

चितवनको भरतपुरमा निर्माणाधिन सिटी हलको निर्माण कार्यले गति लिएको छ । महानगरको गौरवको आयोजना भित्र पर्ने सिटी हल अन्तर्राष्ट्रिय स्तरको नमुना मोडेलमा निर्माण गर्न धमाधम काम भइराखेको हो । भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि ४ बिघा ४ कठ्ठा जग्गामा धमाधम सिटी हल निर्माणको काम भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनु भयो । निर्माण अन्तर्तगत अहिले जमिन मुनीको काम भइराखेको छ । २७ महिनामा निर्माण सम्पन्न गर्नेगरी ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँ लागतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको हो । ठेकेदार कम्पनी इण्डो–सगुन–रौताहा जेभीले २४ घण्टा निर्माणको काम गरिरहेको छ । ६ हजार ५०० वर्गमिटर सिटी हलले ओगट्छ । सिटी हलको उचाइ २५ मिटरको हुनेछ । केन्द्र सरकारको ८७ करोड ८८ लाख रुपैयाँ लागतमा भरतपुरमा सिटी हल निर्माणको काम थालिएको हो । सात हजार १०० क्युफिटमा मुख्य सभा हल निर्माण हुनेछ । सिटी हल दुई हजार मानिस अट्ने क्षमताको रहन्छ । छेउछाउँमा पनि २०० जना अट्ने क्षमताको हल बन्नेछ । यस्तै पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेन पनि निर्माण गरिनेछ । सिटी हल निर्माण स्थलको विहीबार निरिक्षणपछि महानगर प्रमुख दाहालले लामो प्रतीक्षापछि तीव्रगतिमा निर्माणको काम भइरहँदा ज्यादै खसी लागेको बताउनु भयो । आफ्नै कार्यकाल भित्र महानगरको सिटी हल निर्माणको काम सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता गर्नु भयो । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबीच ०७७ मंसिर १८ गते जेभीसँग निर्माणको सम्झौता भएको हो । सिटी हल निर्माणको कार्य धमाधम भइरहेको इण्डो–सगुन–रौताहा जेभीका प्रमुख सहदेव खड्काले बताउनु भयो । उहाले भन्नु भयो, ‘हामीले १२० भन्दा

सम्बन्धित सामग्री

सिटी हल चलाउन दुई सझाव

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको सिटी हल सञ्चालनका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा निजी क्षेत्र, नगरपालिका कार्यालयले आफैं सञ्चालन गर्ने वा नगरपालिका र निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्न सकिने विकल्प समावेश गरिएको छ । पाँच वर्षअघि निर्माण सकिएको उक्त सिटी हल सञ्चालनका लागि असारमा भीमदत्तले कलकबहादुर सिंहको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन […]

राजधानीको राष्ट्रिय सभागृह मोडलमा ‘धनगढी सिटी हल’ (तस्बिरहरुसहित)

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा निर्माणाधीन सिटी हल चैतको अन्तिमसम्म तयार हुने भएको छ। २०७६ माघदेखि निर्माण सुरु भएको सिटी हलको निर्माण अन्तिम चरणमा पुगेको हो। संघीय सरकारले २५ करोड २६ लाखमा निर्माण गरिरहेको सिटी हलको कार्य सम्पन्नपछि धनगढी उपमहानगरपालिकाको मातहतमा आउने छ। धनगढी सिटी हलको निर्माण कार्य ९८ प्रतिशत सम्पन्न भएको इन्जिनियर प्रमोद […]

सुर्खेतमा सिटी हल निर्माणको काम अलपत्र

सुर्खेत, पुष १३ । सुर्खेतको वीरेन्द्रनगर बुद्धपथमा निर्माण भइरहेको सिटी हलको दोस्रो चरणको काम सुरु हुन सकेको छैन् । पहिलो चरणको काम २३ करोड रुपैयाँको लागतमा सम्पन्न भए पनि रकम अभावले दोस्रो चरणको काम अलपत्र परेको छ । बहुउद्देश्यीय सभाहल, बैठक कक्ष र पर्खाल निर्माण प्रभावित भएको छ । ७ सय ८० जना अट्ने क्षमताको […]

गल्याङमा तीन सय क्षमताको सिटी हल

स्याङ्जाको गल्याङ नगरपालिकामा तीन सयजना क्षमताको सिटी हलको निर्माण भएको छ ।निर्माण सम्पन्न भएको हल आयोजनाकातर्फबाट सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख इन्जिनियर झपटबहादुर थापाले एक कार्यक्रमकाबीच गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीलाई हस्तान्तरण गरेका छन् ।गल्याङ नगरपालिका–३ गल्याङ बजारनजिकै बनेको सिटी हल भ्याटबाहेक तीन करोड ६६ लाख ३५ हजार ३ सय ४३ रुपैयाँ […]

गल्याङमा तीनसय क्षमताको सिटी हल निर्माण

गल्याङ नगरपालिकामा २८८ जना अट्ने क्षमताको सिटी हल निर्माण भएको छ । गल्याङबजार नजिकै गल्याङ नगरपालिका ३ मा शहरी विकास संघीय आयोजना कास्कीले सिटी हल निर्माण गरेको हो ।

धनगढी सिटी हल तयार हुँदै

नेपाल सरकारको साढे २८ करोडको लागतमा धनगढीमा अत्याधुनिक सुविधासहितको सिटी हल तयार हुन लागेको भएको छ ।निर्माण कार्य सम्पन्न भई फिनिसिङ कार्य भइरहेको हो । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा डेढ विघा जमिनमा २८ करोड ५५ लाख रुपैयाँ लगानी गरेर सिटी हल बनाइएको छ । राष्ट्रिय सभागृहको मोडेलमा बनाइएको सिटी हलमा एउटा मुख्य अडिटोरियम, एउटा सेमिनार […]

स्याङ्जाको गल्याङमा तीन सय क्षमताको सिटी हल निर्माण

स्याङ्जा, कात्तिक ३० । स्याङ्जाको गल्याङ नगरपालिकाले तीन सय जना अट्ने क्षमता रहेको सिटी हल निर्माण गरेको छ । गल्याङ नगरपालिका– ३ गल्याङबजार नजिकै सिटी हल निर्माण भएको हो । सीटी हल ३ करोड ६६ लाख ३५ हजार रुपैयाँमा निर्माण भएको हो । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरपालिकाले पूर्वाधार निर्माणमा विभिन्न समस्याहरु झेल्नु परेको […]

३ करोड ६६ लाख लागतमा स्याङ्जामा सिटी हल निर्माण

स्याङ्जा (अस) । स्याङ्जाको गल्याङ नगरपालिकामा ३०० जना अट्न सक्ने क्षमताको सिटी हल निर्माण गरिएको छ । गल्याङ नगरपालिका वडा नं ३ को गल्याङ बजार नजिक ३ करोड ६६ लाख रुपैयाँ लागतमा सिटी हल निर्माण सम्पन्न भएको हो । २०७३ सालमा घोषित गल्याङ नगरपालिकामा विभिन्न भौतिक पूर्वाधार निर्माणको चरणमा छन् । शहरी विकास संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख इञ्जिनियर झपटबहादुर थापाले बिहीवार गल्याङ नगर प्रमुख भूपराज अधिकारीलाई सिटी हल भवन हस्तान्तरण गरेका हुन् । ‘गल्याङ नगरपालिका पछिल्लो समय घोषणा भएको पालिका भएकाले पनि यहाँ भौतिक पूर्वाधार थिएनन्,’ प्रमुख अधिकारीले भने, ‘अहिले नगरपालिका आफ्नै र विभिन्न कार्यालयसँगको समन्वय र सहयोगमा भौतिक पूर्वाधारको निर्माणमा जोड दिएका छौं ।’ गल्याङमा सभासमारोह, तालीम, गोष्ठी लगायत कार्य ठूलो उपस्थितिमा गर्न भवनको अभाव भएकाले नगरपालिकाको पहलमा सिटी हल निर्माण गरिएको नगर प्रमुख अधिकारीले बताए । विभिन्न सामुदायिक भवनहरू भए पनि ठूलो क्षमताका नभएकाले बाहिरी खुल्ला ठाउँमा कार्यक्रम गर्नुपर्ने बाध्यता थियो । निर्माण व्यवसायी एवं रविना फुलजोर जेभीका सञ्चालक नोठप्रसाद खनालले समयमै सिटीहल निर्माण गरी हस्तान्तरण गरिएको बताए ।

तीन करोड ६६ लाखको लागतमा स्याङ्जामा सिटी हल निर्माण

कात्तिक २७, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा ३०० जना अट्न सक्ने क्षमताको सिटी हल निर्माण गरिएको छ । गल्याङ नगरपालिका वडा नं. ३ को गल्याङ बजार नजिकै कुल रू. तीन करोड ६६ लाख ३५ हजार ३४३ को लागतमा सिटी हल निर्माण सम्पन्न भएको हो ।  गल्याङ २०७३ सालमा मात्रै घोषित भएको नगरपालिका भएकाले आवश्यक भौतिक पूर्वाधारहरु निर्माणको चरणमा रहेको छ । शहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख ईञ्जिनियर झपटबहादुर थापाले बिहीवार गल्याङ नगर प्रमुख भुपराज अधिकारीलाई भवन हस्तान्तरण गरेका हुन् । ‘गल्याङ नगरपालिका पछिल्लो समयमा घोषणा भएको पालिका भएकाले पनि यहाँ भौतिक पूर्वाधारहरु थिएनन्’ प्रमुख अधिकारीले भने, ‘अहिले नगरपालिका आफ्नै र विभिन्न कार्यालयहरुसँगको समन्वय र सहयोगमा भौतिक पूर्वाधारहरुको निर्माणमा जोड दिईरहेका छौं ।’ गल्याङ आसपासमा धेरै जना अट्ने खालको भवनहरु नभएकाले कार्यक्रमहरु, सभा समारोह, तालीम, गोष्ठीहरु लगायतका अन्य कार्यहरु ठूलो संख्यामा गर्नका लागि भवनको अभाव भएकाले नगरपालिकाको पहलमा निर्माण सम्पन्न गरिएको नगर प्रमुख अधिकारीले बताए ।  विभिन्न समुदायका समाज घरहरु भएपनि त्यहाँ यतिको ठूलो क्षमताका नभएकाले बाहिरी खुल्ला ठाउँहरुमा कार्यक्रमहरु गर्नुपर्ने समस्याको अन्त्य भएको छ । चर्को घामपानीका कारण कार्यक्रमहरु गर्दा गर्दै स्थगित गर्नुपर्ने अवस्था अब रहने छैन ।  निर्माण ब्यवसायी एवम् रबिना फुलजोर जेभीका सञ्चालक नोठप्रसाद खनालले समयमै सिटीहल निर्माण गरी हस्तान्तरण गरिएको बताए ।

निर्माणको एक दशक बित्दा पनि बनेन महेन्द्रनगर 'सिटी हल' - Naya Patrika

७ नम्बर प्रदेश कञ्चनपुरको महेन्द्रनगर ‘सिटी हल’ निर्माण कार्यमा ढिलाई भएको छ । झण्डै दशकदेखि निर्माण सुरु गरिएको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको ‘सिटी हल’ निर्माण कार्य अझै पुरा भएको छैन ।...पूरा पढ्नुहोस् »