गल्याङ नगरपालिकामा २८८ जना अट्ने क्षमताको सिटी हल निर्माण भएको छ । गल्याङबजार नजिकै गल्याङ नगरपालिका ३ मा शहरी विकास संघीय आयोजना कास्कीले सिटी हल निर्माण गरेको हो ।
स्याङ्जाको गल्याङ नगरपालिकामा तीन सयजना क्षमताको सिटी हलको निर्माण भएको छ ।निर्माण सम्पन्न भएको हल आयोजनाकातर्फबाट सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख इन्जिनियर झपटबहादुर थापाले एक कार्यक्रमकाबीच गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीलाई हस्तान्तरण गरेका छन् ।गल्याङ नगरपालिका–३ गल्याङ बजारनजिकै बनेको सिटी हल भ्याटबाहेक तीन करोड ६६ लाख ३५ हजार ३ सय ४३ रुपैयाँ […]
स्याङ्जा, कात्तिक ३० । स्याङ्जाको गल्याङ नगरपालिकाले तीन सय जना अट्ने क्षमता रहेको सिटी हल निर्माण गरेको छ । गल्याङ नगरपालिका– ३ गल्याङबजार नजिकै सिटी हल निर्माण भएको हो । सीटी हल ३ करोड ६६ लाख ३५ हजार रुपैयाँमा निर्माण भएको हो । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरपालिकाले पूर्वाधार निर्माणमा विभिन्न समस्याहरु झेल्नु परेको […]
स्याङ्जा (अस) । स्याङ्जाको गल्याङ नगरपालिकामा ३०० जना अट्न सक्ने क्षमताको सिटी हल निर्माण गरिएको छ । गल्याङ नगरपालिका वडा नं ३ को गल्याङ बजार नजिक ३ करोड ६६ लाख रुपैयाँ लागतमा सिटी हल निर्माण सम्पन्न भएको हो । २०७३ सालमा घोषित गल्याङ नगरपालिकामा विभिन्न भौतिक पूर्वाधार निर्माणको चरणमा छन् ।
शहरी विकास संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख इञ्जिनियर झपटबहादुर थापाले बिहीवार गल्याङ नगर प्रमुख भूपराज अधिकारीलाई सिटी हल भवन हस्तान्तरण गरेका हुन् । ‘गल्याङ नगरपालिका पछिल्लो समय घोषणा भएको पालिका भएकाले पनि यहाँ भौतिक पूर्वाधार थिएनन्,’ प्रमुख अधिकारीले भने, ‘अहिले नगरपालिका आफ्नै र विभिन्न कार्यालयसँगको समन्वय र सहयोगमा भौतिक पूर्वाधारको निर्माणमा जोड दिएका छौं ।’
गल्याङमा सभासमारोह, तालीम, गोष्ठी लगायत कार्य ठूलो उपस्थितिमा गर्न भवनको अभाव भएकाले नगरपालिकाको पहलमा सिटी हल निर्माण गरिएको नगर प्रमुख अधिकारीले बताए । विभिन्न सामुदायिक भवनहरू भए पनि ठूलो क्षमताका नभएकाले बाहिरी खुल्ला ठाउँमा कार्यक्रम गर्नुपर्ने बाध्यता थियो । निर्माण व्यवसायी एवं रविना फुलजोर जेभीका सञ्चालक नोठप्रसाद खनालले समयमै सिटीहल निर्माण गरी हस्तान्तरण गरिएको बताए ।