गृह मन्त्रालयले भन्यो : निर्वाचन विरोधी गतिविधि गर्नेहरुको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको छ

काठमाडौं, २६ वैशाख : गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । गृहले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता प्रतिकुल हुने गरी केही क्रियाकलापहरु भईरहेको सूचनाहरु प्राप्त भएको समेत जनाएको छ । ‘मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनैतिक पद्धति, उम्मेद्वार तथा तिनका प्रतिवद्धता, राजनैतिक दल तथा तिनका विचार र घोषणापत्रका […]

सम्बन्धित सामग्री

सुरक्षा निकायका पदाधिकारीलाई दलका नेतासँग आफूखुसी भेट्न रोक लगाउने निर्णय

गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूलाई कुटनैतिक नियोग र  राजनीतिक नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्णय गरेको छ । स्पष्ट प्रयोजन र विभागीय स्वीकृति नलिइकन सुरक्षाकर्मी पदाधिकारीले त्यस्ता भेटघाट गर्न नपाउने निर्देशन जारी गरिएको गृह प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।यसअघि पनि सुरक्षा निकायका उच्च तहका अधिकारीलाई भेटघाटमा कडाइ गर्ने निर्णय भएपनि कार्यान्वयनमा आएको थिएन । विभागीय स्वीकृति लिएर भेट गरेको वा नगरेकोबारे अनुगमन गर्न गृह मन्त्रालय

कोरोना संक्रमण बढ्न सक्छ, सजग रहनूः गृह मन्त्रालय

काठमाडौँ – गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा सङ्क्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन अनुरोध गरेको छ। मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी […]

सुरक्षा व्यवस्था कडा पारिएको छ, ढुक्कसँग मतदान गर्नुहोस्ः गृह मन्त्रालय

काठमाडौँ – सरकारले मंसिर ४ गते आइतबार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ। गृह मन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो। गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र म्यादी […]

निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ : गृह मन्त्रालय

सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै गृहसचिव विनोदप्रकाश सिंहले भयरहीत वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे । उनले देशका सबै ठाउँका मतदा

निर्वाचन बिथोल्न २३ समूह सक्रिय : गृह मन्त्रालय

विराटनगर । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले उक्त जानकारी दिएका हुन् । ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न […] The post निर्वाचन बिथोल्न २३ समूह सक्रिय : गृह मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्वाचन बिथोल्नका लागि देशभर २३ समूह सक्रिय : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ । प्रदेश १ को विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय रहेको जानकारी दिनुभएको हो । […]

प्रतिस्पर्धी दलबाटै सुरक्षा चुनौती

आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गृह मन्त्रालय पूर्वसुरक्षा तयारीमा जुटेको छ । विगतका निर्वाचनमा जस्तो चुनाव विरोधी गतिविधि कमजोर बन्दै गएको भए पनि प्रतिस्पर्धी राजनीतिक दलबीच हुन सक्ने विवाद र झडपले सुरक्षामा चुनौती बन्न सक्ने आकलन गरिएको छ । गृह मन्त्रालयले चारवटै सुरक्षा निकायलाई सोहीअनुसारको पूर्वतयारी तथा सतर्कता अपनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता, सहसचिव फणी

‘गृह प्रशासन सुधार कार्ययोजना–२०७८’ जारी (पूर्णपाठ सहित )

काठमाडौँ । गृह मन्त्रालयले अपराध अनुसन्धान तथा नियन्त्रण, सीमा सुरक्षा, आन्तरिक प्रशासनिक सुधारलगायत विषय समेटेर ‘गृह प्रशासन सुधार कार्ययोजना–२०७८’ जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले आज (सोमबार) मन्त्रालयमा आयोजित कार्यक्रमबीच २ सय ६ बुँदामा समेटिएको कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्ययोजनामा सीमा सुरक्षादेखि गृह मन्त्रालय, त्यस मातहतका अरु निकाय, प्रहरी र सशस्त्र प्रहरीको कामकारबाहीलाई […]

दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन भइसकेको छः गृह मन्त्रालय

काठमाडौं। गृह मन्त्रालयले दार्चुलाको घट्नाको छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएको छ। तुइनबाट महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीबारे सार्वजनिक भएका कुराप्रति ध्यानाकर्षण गर्दै मन्त्रालयले सत्य तथ्य छानबिन गरी वास्तविकता बाहिर ल्याउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए। गृहले स्थानीय र सुरक्षा निकायलाई छानबिनको लागि आवश्यक निर्देशक दिइसकेको छ।

ढुक्क भएर मतदान गर्नुस् : गृह मन्त्रालय

गृह मन्त्रालयले दस देखि तीस मिनेटभीत्र जुनसुकै स्थानमा सुरक्षाकर्मीको टोली पुग्नेगरी निर्वाचन सुरक्षा प्रबन्ध मिलाइएको बताएको छ । नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको तीन घेरामा निर्वाचन सुरक्षा रहने बताउँदै गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘भयरहित, स्वच्छ र विश्वसनिय रुपमा निर्वाचन सम्पन्न गराउन भरपर्दो सुरक्षा ब्यवस्था मिलाइएको छ ।’