गृह मन्त्रालयले दस देखि तीस मिनेटभीत्र जुनसुकै स्थानमा सुरक्षाकर्मीको टोली पुग्नेगरी निर्वाचन सुरक्षा प्रबन्ध मिलाइएको बताएको छ । नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको तीन घेरामा निर्वाचन सुरक्षा रहने बताउँदै गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘भयरहित, स्वच्छ र विश्वसनिय रुपमा निर्वाचन सम्पन्न गराउन भरपर्दो सुरक्षा ब्यवस्था मिलाइएको छ ।’