बेरुजु घटाउनका लागि जिल्लाका स्थानीय तहले प्रभावकारी काम गर्न सकेको छैन । जसले गर्दा पालिकाहरुमा बेरुजु थपिँदै गएको छ ।हरेक वर्ष महालेखाको वार्षिक प्रतिवेदनमा बेरुजु देखाइए पनि घटाउन स्थानीय तहले प्रभावकारी ढंगले काम गरेका छैनन् । जसले गर्दा बेरुजु रकमसमेत नघटेको महालेखाको प्रतिवेदनले देखाएको छ । महालेखाले दिएको सुझाव औपचारीकतामा सीमित जस्तै हुने गरेको छ […]